२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

चिसोले इटहरी र दुहवी क्षेत्रका विद्यालय दुई दिन बन्द हुने

अध्याधिक चिसो र शितलहरका कारण इटहरी र दुहवी क्षेत्रका विद्यालय वन्द गर्ने निर्णय गरिएको छ ।  

इटहरी क्षेत्रका विद्यालय बुधबार (पुस १६ गते) देखि तीन दिनसम्म बन्द गर्ने निर्णय गरिको मंगलबार साँझ उपमहानगरपालिका शिक्षा शाखा प्रमुख रमेशकुमार साहद्दारा जारी सूचनामा उल्लेख छ । यस्तै, दुहवी क्षेत्रका विद्यालय बुधबार (पुस १६ गते) देखि दुई दिनसम्म बन्द गर्ने निर्णय भएको मेयर वेदनारायण गच्छदारद्दारा जारी सूचनामा उल्लेख छ ।

अध्याधिक चिसो र शितलहरका कारण मंगलबार बिहानैैदेखि पूर्वका जिल्लाका जनजीवन कष्टकर बनेको छ । जसमा सवैभन्दा बढी मार बालबालिका र जेष्ठ नागरिक त्यसमा पनि दीर्घ रोगीले खेप्नुपरेको छ । कतिपय स्थानीय सरकारले चोक चोकमा दाउँरा उपलब्ध गराई आगो ताप्ने व्यवस्था मिलाएको छ । 

प्रकाशित: १५ पुस २०८२ २०:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App