७ माघ २०८२ बुधबार
image/svg+xml
प्रवास

मलेसियामा नेपाली सुतेकै ठाउँमा मृत फेला

खोटाङ–मलेसियामा एक नेपाली सुतेकै ठाउँमा मृत फेला परेका छन्। बेलुकाको खाना खाएर सकुशल सुतेका खोटाङको खार्मी–४ का इन्द्रजीत राई दोश्रो दिन बिहान मृत भेटिएका हुन्।
सात अघि मलेसियाको सालमस्थित निको सेक्यूरिटी सिस्टममा काम गर्न पुगेका राई सुतेकै ठाउँमा मृत फेला परेको जानकारी आएको सुरक्षित आप्रबासन परियोजना सुचना केन्द्र दिक्तेलका परामर्शकर्ता सहरमान राईले जानकारी दिए। उनको मृत्युको कारण खुल्न बाँकी रहेको आफन्तले बताएका छन्।
 
हालसम्म राईलाई मलेसिया पठाउने म्यानपावरका विषयमा जानकारी नआएको र पत्ता लगाउने प्रयास भइरहेको सुचना केन्द्रले जनाएको छ।यसअघि, गत पुस–१२ गते पनि मलेसियामै खोटाङको खार्मी–५ का २० वर्षीय सञ्जिप राई सुतकै ठाउँमा मृत भेटिएका थिए।

प्रकाशित: ५ चैत्र २०७१ ०५:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App