७ माघ २०८२ बुधबार
image/svg+xml
प्रवास

अमेरिकामा तेक्वान्दो स्कुलले २० औँ वार्षिक उत्सव मनायो

पोर्टल्यान्ड (अमेरिका)– यहाँ स्थित तेक्वान्दो स्कुल युएस वर्ल्ड क्लास तेक्वान्दो हलिउडले हालै आफ्नो स्थापनाको २० औँ वार्षिक उत्सव मनाएको छ। स्कूलका विद्यार्थी अभिभावक, स्थानीय वुद्धिजीवी तथा पोर्टल्यान्डमा बसोबास गर्दै आएका नेपालीहरू समेतको सहभागिता रहेको उक्त कार्यक्रम एनआरएनका उपाध्यक्ष श्री पराजुली प्रमुख आतिथ्मा भएको थियो।

 

उक्त तेक्वान्दो स्कुल नेपालीले सात समुद्रपारी आएर आफ्नो क्षमता सावित गरेको प्रत्यक्ष उदाहरण भएको बताउँदै पराजुलीले स्कुलको उत्तोत्तर प्रगतिको कामना गरेका थिए। स्कुलका संस्थापक एवं सञ्चालक ग्राण्ड मास्टर दिवाकर महर्जनले वार्षिक गतिविधि प्रस्तुत गरेका थिए। उक्त अवसरमा गत वर्ष संयुक्त अधिराज्यमा सम्पन्न दशौँ अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने स्कुलका खेलाडीहरूलाई पुरस्कृत गरिएको थियो।

दुई चरयणमा विभाजित कार्यक्रमको अन्तिम चरणमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । जसमा सगेन महर्जन, अस्मिता गुरुङ, नेली ताम्राकार, सेल्बा ताम्राकार, विद्या गुरुङ्गले नेपालको विभिन्न क्षेत्र प्रतिनिधित्व गर्ने नृत्य प्रस्तुत गरेका थिए भने केविन महर्जन र गौरीराज वैद्यले गित प्रस्तुत गरेका थिए। त्यस अघि आइओएफटिसी (अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो च्याम्पियनसिप)का अध्यष जेम्स ब्राउन र स्कुलकी प्रमुख प्रशिक्षक तथा नेपालकी पूर्व ओलम्पिक खेलाडी सिता राइले प्रमुख अतिथिलाई स्वागत गरेका थिए । कार्यक्रमको सञ्चलन रमीला भण्डारीले गरेकी थिइन्।

प्रकाशित: ३ चैत्र २०७१ ०१:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App