७ माघ २०८२ बुधबार
image/svg+xml
प्रवास

मलेसियामा मानसिक अस्पतालबाट नेपालीको उद्धार

मलेसिया- बिरामी भएर काम गर्न नसकेका एक नेपालीलाई यहाँको एक कम्पनीले मानसिक अस्पतालमा भर्ना गरेको खुलेको छ। मलेसियाको साहलमस्थित एपेक्स पेकिङ कम्पनीमा कार्यरत रुकुम नुवाकोटका नरेश सुनारलाई मानसिक अस्पतालबाट उद्धार गरिएपछि सो कुरा खुलेको हो।
केमिकलमा काम गर्न आइपुगेका उनी बिरामी परेका थिए। बिरामी परेका उनलाई कम्पनीले चार महिना मानसिक अस्पतालमा भर्ना गरेको र नेपालीकै सहयोगमा अस्पतालबाट भाग्न सफल भएको उनले बताए। मानसिक अस्पतालमा उपचाररत रहँदा प्रयोग गरेकेा औषधीको असर नरेशमा अहिले पनि देखिने गरेको छ।
अस्पतालबाट भागेर साहलमकै गंगाराम सुनारको कोठामा आश्रय लिइरहेका उनलाई उद्धार गरी नेपाल पठाइने भएको छ। दलित एकता सञ्जालको सक्रियतामा हालै नेपाली दूतवास मलेसिया पुगेका रमेशलाई नेपाली दूतवासले घर फर्कन हवाइटिकट दिने भएपछि उनको उद्धार गर्न सकिएको सञ्जाल मलेसियाकी अध्यक्ष्य सरु सुनारले जनाइन्। रासायनिक पदार्थको कम्पनीमा काम गरेका कामकै सिलसिलामा बिरामी पर्दा उपचारका लागि कम्पनीसँग आग्रह गर्दा कम्पनीले मानसिक अस्पतालमा भर्ना गरेको पीडित रमेशले बताए। मानसिक अस्पतालमा गरेको औषधीको प्रभावले उनी बोल्न डराउने गरेका छन्। 'दैनिक पटकपटक सुई लगाउँथे,' उनले भने, 'अस्पतालमा हुँदा म बेला बेलामा मात्र होसमा आउँथेँ।'
मलेसियाको सो अस्पतालमा अन्य नेपाली पनि भएको उल्लेख गर्दै उनले ती नेपालीको चाँडो उद्धार गर्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन्। उनीलाई उद्धार गरी नेपाल फर्काउन सञ्जालले मलेसियास्थित नेपाली राजदूत डा निरन्जनमानसिंह बस्न्यातसँग भेट गरेको थियो। राजदूतले पीडितलाई सहयोग गर्ने बताएपछि उनलाई नेपाल फर्काउने काम सहज भएको अध्यक्ष सुनारले जानकारी दिइन्।
रमेश एक वर्षअघि काठमाडौंस्थित इन्टरनेसनल रिक्युरमेन्ट प्रालिमार्फत मलेसिया आएका थिए। राजदुत बस्न्यातले पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाएका छन्।

प्रकाशित: १० पुस २०७१ ०६:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App