एनआरएनए स्विडेनकी अध्यक्ष शिखा आचार्यको स्वागत मन्तव्यबाट सुरु गरिएको दसैं कार्यक्रममा स्विडेन नेपाल मैत्री सङ्घका अध्यक्ष कटक मल्ल, हेल्प नेपालका उपाध्यक्ष विकास शाक्य, नेपाल मण्डलका सुवास अधिकारी र एनआरएनए स्विडेनका पूर्व उपाध्यक्ष डा वृजेश मैनालीले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
सङ्घका अनुसार कार्यक्रममा उपस्थित सबैभन्दा पाका शिरोमणि उपाध्याय र विणा उपाध्यायले आगन्तुकहरुलाई टीका लगाइदिएका थियो । रासस
प्रकाशित: १८ आश्विन २०७१ २१:२९ शनिबार





