कार्यक्रममा फ्रान्सका लागि नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठले नेपाली सांस्कृति, आर्थिक विकासका लागि गैरआवासीय नेपालीले जोड दिनुपर्ने धारणा राखे। उद्घाटनसत्रमा बोल्दै गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेले गैरआवासीय नेपालीहरुले सुरुवात गरेको सामूहिक लगानी बाट सुरु भएको पहिलो हाइड्रो प्रोजेक्ट नेपालमा प्रयोग सफल भएको बताए। उनले गैरआवासीय नेपाली संघका मुद्धाहरु अझै बाँकी रहेकोले त्यसको लागि नेपाल सरकारसँग मिलेर जान सकिने विश्वास व्यक्त गरे।
बैठकमा यूरोप, अमेरिका, मध्यपूर्व, अष्ट्रेलिया र जापानलगायतका मुलुकबाट करिब दुई सय जना नेपाली नागरिक र नेपालीभाषीको सहभागिता रहेको छ। ‘यूरोपमा नेपाली अभियान, नेपाल र नेपालीको पहिचान' भन्ने नाराका साथ सुरु भएको बैठक आइतबारसम्म चल्नेछ।
प्रकाशित: २५ जेष्ठ २०७१ ०३:३८ आइतबार





