बीएनसीसीको यस चासोमाथि प्रतिक्रिया दिँदै सांसद स्टान्लीले नेपालमा भर्खरै निर्वाचन भएको र यसले बनाउने नयाँ संविधानले लगानी मैत्री वातावरण पनि समेट्ने अपेक्षा गर्दै नेपालको संविधान निर्माणतर्फको पाइलाले सबै लगानीकर्तामा सकारात्मक सन्देश छरेको बताए। सँगैमा उनले संसारभर लगानीका लागि प्रतिस्पर्धात्मक वातावरण भएकाले लगानीकर्ताहरुले चाहेको ठाउँमा लगानी गर्नु स्वाभाविक भएको बताउँदै नेपालले बेलायती कम्पनीहरुलाई आफ्नो देशमा लोभ्याउन विभिन्न किसिमका आकर्षक नीति तथा कर छुटको व्यवस्था गर्नुपर्ने बताए।
बीएनसीसीका उपाध्यक्ष राजन कँडेलले नेपालका बारेमा बेलायती सरकार तथा सांसदहरुको दृष्टिकोण परिवर्तन गर्न ध्यानाकर्षित गरे। उनले नेपाललाई बेलायतको आर्थिक सहयोग भन्दा पनि बेलायती लगानी प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए। यो काम सरकारी युके ट्रेड एण्ड इन्भेस्टमेन्ट (युकेटीआइ) ले गर्न सक्ने उनको जोड थियो।
प्रकाशित: ९ जेष्ठ २०७१ ०५:४३ शुक्रबार





