७ माघ २०८२ बुधबार
image/svg+xml
प्रवास

थाइल्यान्डमा बुद्ध जयन्ती

काठमाडौं– थाइल्यान्डस्थित नेपाली दूतावासले विभिन्न कार्यक्रम आयोजना गरी बुधबार बुद्ध जयन्ती मनाएको छ।दूतावास प्रांगणमा विशिष्ट भिक्षु आमन्त्रण गरी प्रवचन, धर्म देशना, भोजन दान तथा साँझ पतयामालगायतका विभिन्न कार्यक्रम आयोजना गरिएको थियो। नेपालबाट गएको सांस्कृतिक टोलीसमेतको सहभागितामा र्‍यालीले करिब एक घन्टा १५ मिनेट पदयात्रा गरेको थियो। 
र्‍यालीमा सहभागीले मायादेवीको मन्दिर तथा बुद्धको जन्मस्थल प्रिन्ट भएको नीलो रङको टिसर्ट लगाउनुका साथै बुद्धका सन्देश तथा ‘जीवनमा एकपटक लुम्बिनी भ्रमण गर्नुहोस्' लेखिएको ब्यानर बोकेका थिए। पदयात्रामा थाइल्यान्डका वरिष्ठ भिक्षुसमेत सहभागी रहेको दूतावासले जनाएको छ। र्‍याली सकिएपछि साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो। 
दूतावासमा आयोजना गरिएको कार्यक्रममा वरिष्ठ भिक्षु अनिलमान शाक्यसहित सात भिक्षु उपस्थित थिए। थाइल्यान्डमा रहेका विदेशी भिक्षुमध्ये शाक्य वरिष्ठ मानिन्छन्। 
कार्यक्रममा त्यहाँस्थित गैरआवासीय नेपाली संघ, थाई नेपाली संघ, थाई–नेपाल च्याम्बर अफ कमर्ससमेतको सक्रिय सहयोग रहेको दूतावासले जनाएको छ।

प्रकाशित: ३१ वैशाख २०७१ १९:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App