७ माघ २०८२ बुधबार
image/svg+xml
प्रवास

लोकसभा चुनावमा अत्यधिक मतदान

नयाँ दिल्ली, (एजेन्सी)– १२ राज्यमा भएको पाँचौं चरणको लोकसभा चुनावमा बिहीबार अत्यधिक मतदान भएको छ।
१२ राज्यका १ सय २१ लोकसभा सिटका लागि भएको मतदान बिहीबार सम्पन्न भएको छ। बिहीबार भएका सबै क्षेत्रका मतदानमा सर्वसाधारणको ठूलो उत्साह देखिएको सञ्चारमाध्यमले जनाएका छन्।चुनाव आयोगले उत्तर प्रदेशमा ६२.६९ प्रतिशत, बिहारमा करिब ५५ प्रतिशत, झारखन्डमा ६६ प्रतिशत, छत्तिसगढमा ६३.४४ प्रतिशत, कर्नाटकमा ६८ प्रतिशत र राजस्थानमा ६३.३ प्रतिशत मतदान भएको जनाएको छ। आयोगका अनुसार पश्चिमी राज्य जम्मु काश्मिरमा ६९.०८ प्रतिशत, पश्चिम बंगालमा ७८.८९ प्रतिशत, उडिसामा ७० प्रतिशत, महाराष्ट्रमा ६२ प्रतिशत र मध्य प्रदेशमा ५४.४१ प्रतिशत मत खसेको छ।
आयोगले देशभर नै मतदान सामान्यतया शान्तिपूर्ण रहेको र ठूलो संख्यामा मतदाता मतदानमा सहभागी भएको उल्लेख गरेको छ। झारखन्डमा माओवादीले केही मात्रामा हिंसा मच्चाएको र उडिसामा चुनावी हिंसा भएबाहेक अन्यत्र शान्तिपूर्ण मतदान भएको आयोगले जनाएको छ। 
बिहीबारको चुनावमा १९ करोड ५० लाख मतदाता रहेका थिए। बिहीबारको निर्वाचनको प्रतिस्पर्धाका मुख्य क्षेत्र उत्तर प्रदेश र कर्नाटक थिए। 
कङ्ग्रेस पार्टीका उपाध्यक्ष राहुलले मोदीको पूँजीपतिहरु नजिकको सम्बन्ध रहेको आरोप लगाउनुभएको छ। प्रियङ्काले भारतीय जनता पार्टीले मुलुकलाई विभाजन गर्न खोजेको आरोप लगाउनुभएको छ। उहाँले भारतीय जनता पार्टीका उम्मेदवार तथा आफ्ना भाइ बरुणले पारिवारिक धर्मनिरपेक्षताको विश्वास तोडेको आरोप लगाउनुभयो। 
भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेटलीले हिन्दू राष्ट्रवादीको विजयले पारिवारिक करिस्मा कमजोर भएको देखाउने बताउनुभयो। प्रधानमन्त्री मनमोहन सिंहको पूर्व सहयोगीको एक पुस्तकले ८१ वर्षीय अर्थशास्त्रीलाई अध्यक्ष सोनियाले छनौट गरेको कठपुतलीको रुपमा प्रस्तुत गरेको छ। 
बुधबार मोदीले गान्धी परिवारको आक्रमण मोदीलाई खसाउने चाहना भएको बताउनुभयो। उहाँले मोदीले नहार्ने र ऊ नमर्ने बताउनुभयो। उहाँले सन् २००२ मा गुजरातमा मुख्यमन्त्री छँदा मुसलमानविरोधी दङ्गामा करिब कम्तीमा एक हजार व्यक्तिको मृत्यु भएको विषयमा माफी माग्न अस्वीकार गर्नुभयो। उक्त दङ्गामा मर्नेमा अधिक मुसलमान थिए र उहाँले आफूले कुनै अपराध नगरेको बताउनुभयो। उहाँले आफू दोषी भए चौबाटोमा मृत्युदण्ड दिन आग्रह गर्नुभयो। उहाँले वाराणसीका मुसलमानले आफूलाई माया गरेको बताउनुभयो। उहाँले भारतीय जनता पार्टीले सबैभन्दा राम्रो नतिजा ल्याएर विजय हासिल गर्ने र प्रयोजनहीन र भ्रष्ट कङ्ग्रेसले सबैभन्दा नराम्रोसँग पराजय भोग्ने बताउनुभयो।

प्रकाशित: ४ वैशाख २०७१ २२:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App