चीनका राष्ट्रपति सी चिनफिङले पद सम्हालेदेखि नै पार्टीका सबै तह र सरकार उच्च अधिकारीलाई पनि भ्रष्टाचार मामिलामा कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए। सी राष्ट्रपति भएयता चीनमा वरिष्ठ नेता तथा सरकारी अधिकारीमाथि भ्रष्टाचार अभियोगमा निकै जना कारबाहीमा परेका छन्। दुई दिनअघि मात्र पूर्व आन्तरिक सुरक्षा प्रमुख र उनका आफन्तबाट अर्बौं अमेरिकी डलर बराबरको सम्पत्ति जफत गरिएको थियो।
सिन्ह्वाले गुमाथि भ्रष्टाचार, घुसखोरी, सार्वजनिक रकम हिनामिना र पद दुरुपयोगको अभियोग लगाइएको जनाएको छ। गुमाथि सैनिक अदालतमा सुनुवाइ हुनेछ। जानकारले चीनमा सेनाका उच्च अधिकारीविरुद्ध सैनिक अदालतमा भ्रष्टाचारको अभियोगमा सुनुवाइ गरिनु ठूलो कुरा भएको बताएका छन्। अधिकांशले यस्ता मुद्धामा आरोपी दोषी प्रमाणित हुने निश्चितजस्तै भएको बताएका छन्।
सेनाका अर्का जनरल सु काइहुलाई पनि भ्रष्टाचार गरेको आशंकामा हिरासतमा राखि छानबिन भइरहेको सञ्चारमाध्यमले उल्लेख गरेका छन्। पूर्वजनरल सु सेनाको केन्द्रीय आयोगको उपाध्यक्षजस्तो शक्तिशाली पदमा थिए। सुलाई गुको संरक्षक मानिन्छ।
प्रकाशित: १८ चैत्र २०७० २३:१५ मंगलबार





