वार्तामा तालिबानका पाँच सदस्य सहभागि थिए। खैबर पख्तुनख्वा प्रान्तको हंगु जिल्लाको तुल क्षेत्रमा भएको प्रत्यक्ष वार्तामा तालिबान टोलीको नेतृत्व कवारी सकिल हक्कानीले गरेका थिए। दुवै पक्षबाट वार्ताको निष्कर्षबारे औपचारिक विज्ञप्ति जारी गरेनन्।
यद्यपि तालिवान मध्यस्थकर्ताले यस वार्ताबाट आफूहरू सन्तुष्ट भएको र परिणाम पनि राम्रो आउने आशा गरिएको जानकारी दिएका छन्। प्रत्यक्ष वार्तामा लगातार वार्ता हुने भन्ने सहमति ठूलो उपलब्धि भएको वार्ताका सहभागी माउल्भी युसाफ साहले बताउनुभएको छ। सरकारका तर्फबाट मध्यस्थकर्ताहरूका समूहले गत महिनादेखि नै तालिवान मध्यस्थकर्ताहरूसँग वार्ता सुरु गरेका थिए।
सोहीअनुरुप तालिवानले युद्ध बिरामसमेत गरेका थिए। तालिवानले गत मार्च १ देखि नै युद्धविरामको घोषणा गरेका थिए। तर वार्ताको तयारी भने नभइसकेको उनीहरूले बताउँदै आएका थिए। तर शान्तिवार्ताको सुरुवात भइसकेपछि गत महिना तालिवानहरूले नै २३ जना सरकारी सैनिकको अपहरण र हत्यापछि सरकारले नै एकतर्फी वार्ता भङ्ग भएको घोषणा गरेको थियो।
प्रकाशित: १४ चैत्र २०७० ००:११ शुक्रबार





