बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा ५ सय ७० जना नेपाली कामदारले विदेशमा ज्यान गुमाएका छन्। बोर्डले फागुनमा विदेशमा काम गर्दा अंगभंग भएका ९ कामदारलाई आर्थिक सहायता दिएको छ।
बोर्डले विदेशबाट प्राप्त कामदारको शवमध्ये ३६ वटा सम्बन्धित जिल्लामा पुर्या उन आर्थिक सहयोग गरेको छ। त्यस्तै एउटा शव विदेशबाट ल्याउन सहयोग गरेको छ। बोर्डले फागुनसम्ममा २ सय ५४ शव जिल्ला पुर्यासउन र २० शव विदेशबाट झिकाउन सहयोग गरेको छ।
बोर्डले विदेशमा मर्ने कामदारका आफन्तलाई १ लाख ५० हजार रुपैयाँ सहयोग दिन्छ। जिल्लासम्म शव पुर्याउउन १० हजार र अंगभंगको प्रकृति हेरेर आर्थिक सहयोग दिन्छ। बोर्डले गत आर्थिक वर्Èमा १० करोड ८९ लाख रुपैयाँ क्षतिपूर्ति बाँडेको तथ्यांक छ। गत वर्È ११ महिलासहित ७ सय २६ नेपाली कामदारको विदेशमा मृत्यु भएको थियो।
बोर्डका निमित्त कार्यकारी निर्देशक टीकाप्रसाद भण्डारीले विदेशमा ज्यान गुमाउने कामदारका आफन्तलाई सहायतास्वरुप आर्थिक सहयोग दिने गरेको बताए। ‘विदेशमा ज्यान गुमाउने क्रम बढिरहेको छ। आर्थिक सहायताले परिवारलाई राहत त होला तर मृत्यु घटाउन प्रभावकारी कदम चाल्नुपर्छ,' उनले भने।
विदेशमा दैनिक ३ जना हाराहारी नेपाली कामदारको मृत्यु हुने गरेको छ। नेपालमा पर्याप्त अभिमुखीकरण तालिम नलिने र चेतना नहु“दा दुर्घटना र हृदयाघातबाट मर्नेको संख्या बढिरहेको वैदेशिक रोजगार व्यवसायी बताउ“छन्। वैदेशिक रोजगारीमा जाने कामदारलाई दिइने अभिमुखीकरण तालिम प्रभावकारी नहुँदा विदेशमा मर्ने कामदार संख्या बढेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हंशराज वाग्ले बताउँछन्। प्रभावकारी रुपमा तालिम दिएको पाइँदैन। प्रमाणपत्रका लागि मात्र तालिम दिएपछि विदेशमा कामदारले दुःख पाउँछन्,' उनले भने।
विदेशमा मर्ने कामदारको शव नेपाल ल्याउन पनि कठिन हुने गरेको छ। मरेको एकदेखि ३ महिनासम्ममा पनि शव स्वदेशमा नआइपुग्दा पीडित परिवारमा झन् चोट थपिन्छ। बोर्डका अनुसार विदेशमा ज्यान गुमाउने कामदारको कागजी प्रक्रिया र सम्बन्धित देशको नियमले गर्दा ढिलो हुने गर्छ। लास पहिचान हुन नसकेर, कम्पनी छोडेर भागेका कामदार, मृत्युको कारणबारे अनुसन्धान र कानुनी जटिलताले गर्दा पनि ढिलो हुने बोर्डको भनाइ छ।
प्रकाशित: १२ चैत्र २०७० २३:०० बुधबार





