दोहा– अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतारको चौथो अधिवेशनले रेगिस्तानी कवि तीर्थ संगम राईलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ।
शुक्रबार दोहामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा श्याम रानाभाट, सचिवमा पूर्ण कान्छा गुरुङ, सहसचिव दिलिप अविरल र कोषाध्यक्षमा प्रेमप्रसाद भट्टराईलाई चयन गरेको छ। त्यसैगरी सदस्यमा शकुन्तला गौली, सीताराम थापा, महेन्द्रप्रसाद पोख्रेल र सानुबाबु मल्ल निर्विरोध भएका छन्।
कतारमा श्रमरत साहित्य अनुरागीको रचना वाचनसँगै अधिवेशन आरम्भ भएको थियो। अधिवेशनमा एनआरएन आइसिसीका उपाध्यक्ष टिबी कार्की, नेपाल पत्रकार महासंघ कतार शाखाका उपाध्यक्ष गणेश बन्जाडे, एनआरएन कतारका उपाध्यक्ष कुमार कार्की, नवोदित साहित्यिक मोबाइल पुस्तकालय कतारका अध्यक्ष इन्द्रमणि नेपाल, सन्ध्या ग्रुप अलखोरका अध्यक्ष थर्च लामा, नवोदित साहित्यिक वाचनालयका सल्लाहाकार नवराज बिक, नेपाली जनसम्पर्क मञ्च कतारका सभापति बिमल सुवेदी, नेपाली प्रवासी मञ्च कतारका हरि बस्नेत, प्रवासी नेपाली आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष विनेश तामाङ, सुनुवार सेवा समाज कतारका विशेष सल्लाहकार पुरुषोतम सुनुवारलगागतको उपस्थिति थियो।
प्रकाशित: ८ चैत्र २०७० ००:४७ शनिबार





