६ माघ २०८२ मंगलबार
image/svg+xml
प्रवास

रसियामा विलय हुने क्रिमियाली निर्णय

सिमफेरोपोल (युक्रेन)– क्रिमियाले सोमबार आफूलाई स्वतन्त्र घोषणा गर्दै रसिया प्रवेशका लागि आग्रह गरेको छ। यसलाई पूर्व र पश्चिमबीच शीतयुद्धपछि सबैभन्दा नराम्रो तनाबका रूपमा लिइएको छ।आइतबारको जनमत संग्रहमा क्रिमियाका ९६ दशमलव ७७ प्रतिशत जनताले रसिया प्रवेशका पक्षमा मतदान गरेका थिए। जनमत संग्रहको विशेष गरी युरोपेली र पश्चिमा राष्ट्रले कडा रूपमा भर्त्सना गरेका छन्। अमेरिकी राष्ट्रपति बाराक ओबामाले रसियाले क्रिमियालाई आफ्नो देशमा विलय गराउनु अन्तर्राष्ट्रिय कानुनविपरीत हुने बताएका छन्। रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले भने क्रिमियाको जनमत संग्रह अन्तर्राष्ट्रिय कानुनविपरीत नरहेको बताएका छन्। 
सन् २००८ मा सर्बियाबाट कोसोभो स्वतन्त्र भएको घोषणापछिको यो अर्को राष्ट्रिय स्वतन्त्रतासम्बन्धी सबैभन्दा ठूलो विवादका रूपमा रहनेछ। क्रिमियाका सांसदहरूले रसियाली मुद्रा रुबल आफ्नो मुलुकको दोस्रो औपचारिक मुद्रा हुने घोषणा गरेका छन्। 

यसअघि नै क्रिमियाको स्थानीय संसदले उक्त भूभाग रसियामा विलय हुने निर्णय गरिसकेको थियो। तर, संसदले मात्र निर्णय गरेर नहुने भन्दै विरोध भएपछि जनमत संग्रह गरिएको हो। रसियाको संसदले युक्रेनको क्रिमिया क्षेत्रलाई बचाउन राष्ट्रपति भ्लादिमिर पुटिनलाई जस्तोसुकै उपाय अवलम्बन गर्न अधिकार दिएको थियो। 
उता युक्रेनका अपदस्थ राष्ट्रपति भिक्टोरले पनि आफ्नो सुरक्षाका लागि रसियासँग माग गरेका छन्।

प्रकाशित: ३ चैत्र २०७० २०:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App