बेइजिङ,(एजेन्सी)– चीनको उत्तरी सान्सी प्रान्तस्थित जिनचेङ सुरुङ मार्गमा खतरनाक रासायनिक पदार्थ ढुवानी गरिरहेका दुई लरी एकापसमा ठक्कर खाँदा ३१ व्यक्तिको मृत्यु भएको तथा नौ अन्य हराइरहेको जानकारी अधिकारीहरूले दिएका छन्। यस दुर्घटनामा ठूलो विस्फोट भएको बताइएको छ।पहिलो गाडीबाट मेथानोल चुहिँदा आगलागी भएको र यसका कारण अर्को गाडी तथा ढुवानी भएका रासायनिक पदार्थमा पनि आगो लागेको सरकारको समाचार कार्यालयले एक विज्ञप्तिमा उल्लेख गरेको छ।
यसअघि चिनियाँ सञ्चारले १२ व्यक्तिको मृत्यु भएको जानकारी दिएको थियो। उक्त दुर्घटना मार्च १ मा भएको बताइएको छ।
चीनमा प्रतिवर्ष सडक दुर्घटनामा दुई लाखभन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको बताइन्छ।
प्रकाशित: २९ फाल्गुन २०७० २३:२५ बिहीबार