७ माघ २०८२ बुधबार
image/svg+xml
प्रवास

डेनमार्कमा नेपालीलाई मातृभाषाको पढाइ

कोपनहेगन– डेनमार्कमा बसोबास गर्दै आएका नेपाली बालबालिकालाई मातृभाषा सिकाउन डेनिस सरकारअन्तर्गतको कोपनहेगन कम्युनले नेपाली भाषा कक्षा चलाउने भएको छ।
 
डेनमार्कमा रहेका नेपाली सामाजिक कार्यकर्ताको पहलमा मार्च महिनाको तेस्रो सातादेखि कक्षा सुरु हुन लागेको कोपनहेगन कम्युनले शिक्षकमा सम्झौता गरेका दीपक तिवारीले बताए ।
नेपालबाट बिएससी, बिएड गरी पाँच वर्ष महेन्द्रनगरमा पढाएका तिवारी जन जर्मनीबाट स्नातकोत्तर सकाएर ग्रीनकार्ड स्किमअन्तर्गत बस्दै आएका छन् । हाल ५ देखि १४ वर्षसम्मका ३२ बालबालिकाले नेपाली भाषाका लागि नाम लेखाइसकेको कम्युनले जनाएको छ ।
अहिलेलाई शनिबार दुुईवटा कक्षा सञ्चालन हुने र विद्यार्थीको चापबमोजिम अरु कक्षा बढाउने उसले जनाएको छ । यो कक्षामा कम्युनभित्र बस्नेले निःशुल्क शैक्षिक सामग्रीसहित पढ्न पाउनेछन् भने कम्युनबाहकिर बस्नेले प्रतिमहिना करिब ३० हजार नेपाली रुपैयाँ तिर्नुपर्नेछ ।
इन्गेभको टोभडेटलेभन्स स्कुलमा पढाइने यस कक्षामा नेपाली भाषाका साथै नेपालको संस्कृति, रहनसहन, भेषभुुषा, जनजाति तथा तिनका संस्कृतिबारे समेत ज्ञान दिइने शिक्षक तिवारीले बताए । नेपालीको पढाइसँगै कोपनहेगन कम्युनमा पढाइ हुने भाषाको संख्या १४ पुुग्ने कम्युनले जनाएको छ ।

प्रकाशित: २७ फाल्गुन २०७० ११:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App