७ माघ २०८२ बुधबार
image/svg+xml
प्रवास

पोर्टल्यान्डमा तेक्वान्दो विद्यार्थी पुरस्कृत

पोर्टल्यान्ड- यहाँस्थित युएस वर्ल्डक्लास तेक्वान्डो हलिउड स्कुलको १९औं वार्षिकोत्सव आइतबार एक समारोहबीच मनाइयो। स्कुलको आफ्नै भवनस्थित नेकुसिंह मेमोरियल थिएटरमा भएको कार्यक्रममा तेक्वान्दोको विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने विद्यार्थी खेलाडीलाई पुरस्कृत गरिएको थियो।

उक्त अवसरमा स्कुल सञ्चालक तथा निर्देशक दिवाकर डान महर्जन, विश्व तेक्वान्दो च्याम्पियनसिपको पदक विजेता, आठौं साफको स्वर्ण पदक विजेता तथा स्कुलकी प्रमुख प्रशिक्षक सिता राई, प्रशिक्षक मेथ्यु कमार्डीले विजेता विद्यार्थी खेलाडीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए।
सन् १९९५ मा उक्त स्कुल स्थापना गरेका महर्जनले आफ्नो पहलमा अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिता (आइओएफटिसी) सञ्चालन समेत गर्दै आएका छन्। त्यही सन्दर्भमा यसै वर्ष जुलाइमा लण्डनमा हुने प्रतियोगिताको आगामी संस्करणका लागि 'फण्ड रेजीङ्ग' कार्यक्रम पनि गरिएको थियो।
उक्त अवसरमा आइओएफटिसीकी महासचिव केरेन ब्ल्याकलेजले प्रतियोगिता बारे जानकारी गराएकी थिइन्।
त्यस अवसरमा स्थानीय नेपाली व्याण्ड मकाजुले सांगितिक कार्यक्रम प्रस्तुत गरेको थियो।

प्रकाशित: २६ फाल्गुन २०७० २१:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App