६ माघ २०८२ मंगलबार
image/svg+xml
प्रवास

प्रवासी मञ्च अस्ट्रेलियाको अध्यक्षमा श्रेष्ठ

सिड्नी– प्रवासी नेपाली मञ्च (ओएनएफ) अस्ट्रेलियाको दोस्रो अधिवेशनले विनोद श्रेष्ठलाई अध्यक्ष पदमा चयन गरेको छ। नेकपा एमाले विदेश विभाग प्रमुख भीम रावलको प्रमुख आतिथ्यमा मार्च १ र २ मा सिड्नीमा सम्पन्न अधिवेशनले तीन उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सदस्य रहेको नयाँ कार्यसमिति चयन गरेको हो।
मतदान प्रक्रियाबाट छानिएका मञ्चका पदाधिकारीमा प्रथम उपाध्यक्ष राम रानाभाट मेलवर्न, द्वितीय उपाध्यक्ष रमेश पौडेल ब्रिसबेन र तृतीय उपाध्यक्ष सन्तोष दाहाल सिड्नी छन्। यसैगरी केशव जोशी महासचिव, पवन आचार्य सचिव, रामप्रसाद घिमिरे कोषाध्यक्ष र सदस्यमा गोमा मैनाली, सागर प्रजापति, हरि लामिछाने, रमेश पाण्डे, राजकुमार केसी, मधु पन्थी, कृष्णप्रसाद न्यौपाने, राजु गौचन र राजु उपाध्याय छन्।
आइतबार सिड्नीको रसियन क्लबमा घोषणा सभामा बोल्दै प्रमुख अतिथि एमाले नेता रावलले वर्तमान संविधानसभाले नेपाली समुदायका सबै वर्ग, क्षेत्र र जातजातिका माग सम्बोधन गर्ने गरी नयाँ संविधान बनाउने कुरामा ढुक्क हुन आग्रह गरेका थिए। मञ्चका पूर्व अध्यक्ष हरि लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत रुद्रकुमार नेपाल, भिक्टोरियाका लागि महावाणिज्यदूत चन्द्र योञ्जन, गैरआवासीय नेपाली संघका संरक्षक इन्द्र वन, सचिव रान्जु थापा, प्रवक्ता मन केसी, ओशिनिया संयोजक विष्णु हमाल र अस्ट्रेलिया अध्यक्ष महेन्द्र ओलीले नयाँ कार्यसमितिलाई कार्यकाल सफलताको शुभकामना दिए।
यस्तै अस्ट्रेलियामा सक्रिय नेपाली सामुदायिक संस्थाका प्रतिनिधिहरु जनसम्पर्क समितिका अध्यक्ष सन्तोष सिटौला, जनप्रगतिशील मञ्च अस्ट्रेलियाका महासचिव हिमलाल गैरे, संघीय समाजवादी पार्टीका अध्यक्ष गाणेश तामाङ्ले नयाँ कार्यसमितिलाई बधाइ र शुभकामना दिएका थिएर।
यस्तै मञ्चका वरिष्ठ सल्लाहकार धर्मराज अधिकारी, प्राज्ञ जगदिश तिमल्सिनालगायत सिड्नीमा रहेका नेपाली समुदायका प्रतिनिधिले अफ्नो मन्तव्य राखेका थिए। अधिवेशनमा एनडिएफको मेलबर्न, ब्रिसवेन, पर्थ, डार्विन, एडिलेट र क्यानबेरालगायत सहरबाट यस मञ्चका प्रतिनिधि, समर्थक र शुभेच्छुक सहभागी थिए।
यसैबीच नवनिर्वाचित अध्यक्ष श्रेष्ठले अस्ट्रेलियाका समुदायक संस्थाहरुसँग सहकार्य गर्दै नेपाली समुदायको विकासमा सक्रिय हुने बताएका छन्। लोकतन्त्र, संघीयता र सुशासन जस्ता विषयमा अस्ट्रेलियाको अनुभव नेपालका लागि उपयोगी हुने भएका यो क्षेत्रमा पनि काम गर्ने उनको भनाइ थियो। साथै अस्ट्रेलिया र सम्पूर्ण प्रवासमा बस्ने नेपालीलाई आपत् बसपत् पर्दा परोपकारी र कल्याणकारी कार्यक्रम सञ्चालन गरिने उनले बताए।

प्रकाशित: २५ फाल्गुन २०७० ०८:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App