आप नेता अरविन्द केजरीवाललाई गुजरात पुगेको केही घन्टाभित्रै गुजरात प्रहरीले रोकेर थाना पुर्यािएकाले आप कार्यकर्ता विरोध प्रदर्शनमा उत्रेका थिए। गुजरातका मुख्यमन्त्री रहेका भाजपाका प्रधानमन्त्री उम्मेदवार नरेन्द्र मोदीले त्यहाँ गरेको विकास अवलोकन गर्न केजरीवाल अहमदावाद पुगेका थिए। थाना पुर्यापएको केही बेरपछि नै केजरीवाललाई प्रहरीले रिहा गरे पनि उनलाई अवरोध गरेको विरोधमा आप कार्यकर्ता नयाँ दिल्लीमा प्रदर्शनमा उत्रेका थिए।
राजधानीमा आप कार्यकर्ताले भाजपा कार्यालयबाहिर गरेको विरोध प्रदर्शनका क्रममा झडप भएको थियो। दुवै दलका कार्यकर्ताले ढंुगा हानाहान गरेका थिए। प्रहरीले दुवै दलका कार्यकर्तालाई छुट्टयाएका थिए। आप–भाजपा झडपको छिटा उत्तर प्रदेशको राजधानी लखनउसम्म पुग्यो। त्यहाँ पनि आप कार्यकर्ताले भाजपा कार्यालयबाहिर प्रदर्शन गर्दा झडप भएको सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
मोदीले चुनावी सभामा आफूले गुजरातमा अत्यधिक विकास गरेको दाबी गर्दै हिँडेपछि केजरीवाल विकासको प्रत्यक्ष अवलोकन गर्न गएका हुन्। भारतमा हुन लागेको संसदीय चुनावबारे भएका मत सर्वेक्षणमा भाजपाले चुनाव जित्ने आँकलन सार्वजनिक भएका बेला केजरीवाल र उनको दल आप तगारो बन्न सक्ने देखिएकाले भाजपा र मोदी दुवै चिन्तित छन्। मोदीले आफूसँग डराएर रोक्न खोजेको केजरीवालले आरोप लगाएका छन्।
प्रकाशित: २१ फाल्गुन २०७० २०:२९ बुधबार





