६ माघ २०८२ मंगलबार
image/svg+xml
प्रवास

एक महिनापछि भारतमा लोकसभा निर्वाचन हुने

नयाँ दिल्ली - भारतको निर्वाचन आयोगले ९ चरणमा हुने गरी लोकसभा निर्वाचनको घोषणा गरेको छ। आयोगले जारी गरेको निर्वाचन तालिकाअनुसार अप्रिल ७ देखि मे १२ सम्म चुनाव हुनेछ।प्रमुख निर्वाचन आयुक्त भीएस सम्पथले पत्रकार सम्मेलन गर्दै चुनावको मिति सार्वजनिक गरेका हुन्। पत्रकार सम्मेलनमा दुई निर्वाचन आयुक्तहरु एचएस ब्रह्मा र एसएनए जैडी उपस्थित थिए।
'चुनावको मत गणना भने मे १६ देखि सुरु हुनेछ,' सम्पथले पत्रकाहरुसँग भने।
पहिलो चरणको निर्वाचन अप्रिल ७ मा हुनेछ जसमा दुई राज्यका ६ संसदीय क्षेत्र समेटिनेछ। ९ अप्रिलमा हुने दोस्रो चरणमा पाँच राज्यका सात संसदीय क्षेत्र समेटिनेछन्। अप्रिल १० मा हुने निर्वाचनमा १४ राज्यका ९२ संसदीय क्षेत्र समेटिने जनाइएको छ। अप्रिल १२ मा हुने निर्वाचनमा तीन राज्य र पाँच संसदीय क्षेत्र समेटिनेछ।
पाँचौं चरणको चुनाव अप्रिल १७ मा हुनेछ जसले १३ राज्य र १ सय २२ संसदीय क्षेत्र समेटिने आयोगले जनाएको छ। छैटौं चरणको निर्वाचन २४ अप्रिलमा हुनेछ जसमा १२ राज्य र १ सय १७ संसदीय क्षेत्र समेटिनेछ। सातौं चरणमा अप्रिल ३० मा हुनेछ जसमा नौ राज्य र ८९ संसदीय क्षेत्र समेटिनेछ। आठौं चरणको निर्वाचन मे ७ मा हुनेछ जसमा सात राज्य र ६४ क्षेत्र समेटिनेछ। अन्तिम चरणको निर्वाचन मे १२ मा हुनेछ जसमा ३ राज्य र ४१ क्षेत्र समेटिने जनाइएको छ।

प्रकाशित: २१ फाल्गुन २०७० ०१:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App