के हो 'ओबामा' हेल्थ केयर
यसलाई 'पेसेन्ट प्रोटेक्सन एन्ड एफोर्टेवल केयर एक्ट २०१०' भनिन्छ। अर्थात् विरामीको सुरक्षा र तिर्न सक्ने स्वास्थ्य सेवाका रुपमा लिइन्छ। अमेरिकामा वैधानिक रुपमा बासोवास गरिरहेका सम्पूर्णका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने योजना हो। यो कार्यक्रम व्यक्तिको सुरक्षा, अधिकार र सेवाका विषयलाई जोडेर हेरिन्छ। यस कार्यक्रमले स्वास्थ्य सेवा विमा गराउँछ। सरकारले तोकेको आयस्तरअनुसार यस कार्यक्रममा आबद्ध हुनैपर्छ। आबद्धताका लागि २०१४ को मार्च ३१ तारिखलाई अन्तिम मितिका रुपमा राखिएको छ। ताकिएको समयभित्र यस स्वास्थ्य कार्यक्रममा आवद्द नभएकाहरुलाई निश्चित समयपछि जरिवानाको व्यवस्था गरिएको छ।
त्यसैगरी आप्रवासीसम्बन्धी विषयमा वकालत गर्दै आएकी अधिवक्त बन्दिना शर्मा हरेक मुद्दाका आआफ्नै अवस्था र विशेषता हुने हुनाले सकेसम्म्म त्यसतर्फ नेपाली समुदाय पनि सचेत हुनुपर्ने अवस्था औंल्याएका थिए। त्यसैगरी उनले जोसुकै नेपालीले परेका समस्याका बारेमा जानकारी दिन चाहेमा आफू निशुल्क परामर्श दिएर सहयोग गर्न सक्ने बताउँदै शर्माले अमेरिकी सरकारद्धारा आप्रवासनका लागि उपलब्ध भिसा र त्यससम्बन्धी व्यवस्थाहरुबारे औंल्याएकी थिइन्।
अमेरिकाका लागि नेपालका महावाणिज्य दूत प्रेमराजा महतले स्वागत मन्तव्य व्यक्त गर्नु भएको सो कार्यक्रममा वानाका अध्यक्ष विजय श्रेष्ठले नेपाली समुदायलाई सूचना मूलक कार्यक्रममा निकै उपलब्धी पूर्ण भएको बताउँदै वानाद्धारा निकट भविष्यमा स्वास्थ्य परीक्षणसम्बन्धी कार्यक्रम पनि राखिने जानकारी दिए। कार्यक्रममा बाल्टिमोरमा बासोवास गर्ने करिब एक सय नेपालीहरुको सहभागिता थियो।
प्रकाशित: १२ फाल्गुन २०७० २३:२७ सोमबार





