लन्डन– बेलायतमा रहेको नेपाली व्यवस्थापनको साउथ लन्डन कलेजले विभिन्न विधामा स्नातक र स्नातकोत्तर उत्तीर्ण गरेका विद्यार्थीहरू दीक्षित भएका छन्। दीक्षान्त समारोहमा पाँच दर्जनभन्दा बढी विद्यार्थी सहभागीमध्ये एक दर्जनभन्दा बढि नेपाली थिए।
सो समारोहमा बोल्दै बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेले आफूले सिकेको सीप र ज्ञान समाजको रुपान्तरणमा लगाउन विद्यार्थीलाई आग्रह गरे। कलेजका कार्यकारी निर्देशक राजन कँडेलले विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दै कलेज र विद्यार्थीबीच सहकार्य जारी रहने विश्वास व्यक्त गरे।
कार्यक्रममा राजदूत चालिसेले साउथ लन्डन कलेजबाट एबिई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन दुई नेपाली विद्यार्थीलाई पुरस्कारसमेत प्रदान गरेका थिए। ‘इन्फरमेसन सिस्टम फर म्यानेज्मेन्ट'मा प्रतीक भुसाल र ‘आइ टि इन ट्राभल टुरिजम एन्ड हस्पिटालिटी'मा प्रवेश प्रधान उत्कृष्ट भएका थिए।
प्रकाशित: २३ माघ २०७० ०२:३४ बिहीबार





