७ माघ २०८२ बुधबार
image/svg+xml
प्रवास

तालिवानी वार्ता टोलीमा इमरान खान

कराँची– पाकिस्तानी तालिवानले सरकारसँग वार्ता गर्न पाँच सदस्यीय टोली घोषणा गरेको छ। टोलीमा राजनीतिक दल तहरिके इन्साफका अध्यक्ष एवं पूर्व क्रिकेटर इमरान खान समेत छन्। अन्य सदस्यमा इस्लामावाद लाल मस्जिदका अब्दुल अजिज र अन्य तीन धार्मिक नेता समियुल हक, मुफ्ती किफायतुल्लाह र प्राध्यापक इब्राहिम खान छन्।
सात महिनाअघि सत्तामा आएको नवाज सरिफ नेतृत्वको सरकारले केही दिनअघि मात्रै तालिवानसँग वार्ता गर्न चार सदस्यीय टोली सार्वजनिक गरेको थियो। चुनावका बेला प्रतिबद्धता जनाएअनुसार सरकारले शान्ति स्थापनाको पहल थालेपछि अहिलेसम्म कुनै नतिजा देखिएको छैन। झन आक्रमण र हताहतीका घटना बढेका छन्। पछिल्लो महिनामात्र विभिन्न आक्रमणमा सयभन्दा बढीको मृत्यु भएको थियो।

प्रकाशित: २० माघ २०७० ०४:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App