१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको मृत्यु

दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ। बागलुङ जिल्ला गलकोट नगरपालिका–११ घर भई हाल कोरियाको थेगु शहरस्थित एक राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय जयराम भनिने अशोक श्रीषमगरको दुर्घटनामा परी गत सोमबार मृत्यु भएको हो। घटनालाई नेपाल मगर सङ्घ दक्षिण कोरियाका अध्यक्ष टेक पुनले पुष्टि गरेका हुन्।

दुई वर्षअघि कोरिया आएका अशोक कम्पनीमा काम गर्ने क्रममा सोमबार साँझ करिब ६ बजे लडेका थिए। लडेपछि बेहोस भएका उनलाई नजिककै अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुग्नासाथ उनलाई अस्पतालले मृत घोषणा गरेको थियो। हाल उनको शवलाई कोरियाली प्रहरीले स्थानीय अस्पतालमा राखेको छ। मृतकका परिवारलाई खबर गरिएको नेपाल मगर सङ्घका अध्यक्ष पुनले बताए। रासस

प्रकाशित: २८ फाल्गुन २०७७ ०१:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App