प्रधानमन्त्रीले भनिन्- म तपाईंहरूकै आमा नै रहनेछु, सुदन मेरो जेठो छोरा हुन्
प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका अगुवा सुदन गुरुङलाई आफ्नो ‘जेठो छोरा’ को संज्ञा दिएकी छन्। बुधबार साँझ सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेनजी प्रतिनिधिहरूसँग १० बुँदे सम्झौता पत्रमा हस्ताक्षर गरेपछि सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

