८ वैशाख २०८१ शनिबार

कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको मृत्यु

दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ। बागलुङ जिल्ला गलकोट नगरपालिका–११ घर भई हाल कोरियाको थेगु शहरस्थित एक राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय जयराम भनिने अशोक श्रीषमगरको दुर्घटनामा परी गत सोमबार मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्