७ माघ २०८२ बुधबार
image/svg+xml
प्रवास

माल्दिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नासिद राजधानी मालेबाट पक्राउ

माले, फागुन २२ (एजेन्सी) - माल्दिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नासिदलाई राजधानी मालेबाट पक्राउ गरिएको छ। अदालतले पक्राउका लागि तेस्रो पटक आदेश दिएपछि नासिदलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

फौजदारी अदालतका प्रधान न्यायाधीश अब्दुल्ला मोहम्मदलाई हिरासतमा लिन सेनालाई गैरकानुनी रुपमा आदेश दिएको आरोपमा अदालतले उनलाई पक्राउ पूर्जी जारी गरेको हो।


'केही समयअघि ठूलो संख्यामा आएका प्रहरीले राजधानी मालेबाट उनलाई पक्राउ गरे' उनको प्रवक्ता सैना अमिनाथले समाचार एजेन्सी एएफपीलाई जानकारी दिएका छन् ।


नासिदले सेप्टेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा उठ्न नदिने राजनीतिक उद्देश्यका साथ सो मुद्दा चलाइएको बताउँदै आएका छन्। यसअघिका दुई पटक पक्राउ पूर्जी जारी गर्दा उनले मालेस्थित भारतीय दूतावासमा शरण लिएका थिए। फौजदारी अदालतका न्यायाधीशलाई पक्राउ गरेको मुद्दामा उपस्थित हुन दिएको आदेश नमानेको भन्दै अदालतले उनलाई पक्राउ गर्न आदेश दिपएको थियो फेब्रुअरी १३ मा शरण लिएका नासिदले ११ दिनपछि दूतावास छाडेका थिए।

प्रकाशित: २२ फाल्गुन २०६९ ०३:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App