२३ पुस २०८२ बुधबार
image/svg+xml
प्रवास

मुम्बई आक्रमणका दोषीलाई आज बिहान झुन्ड्याइयो

नयाँ दिल्ली, मंसिर ६ (एजेन्सी) - सन् २००८ मा मुम्बईमा आक्रमण गरेको आरोपमा भारतीय जेलमा रहेका लस्कसर ए तोइवाका सदस्य अजमल अमिर केशवलाई आज बिहान मृत्युदण्ड दिइएको छ। भारतको पूणेमा स्थानीय समयअनुसार बिहान ७:३० बजे उनलाई झुन्ड्याएर मृत्युदण्ड दिइएको हो। उनी ४ वर्षदेखि कैद जीवन विताउँदै आएका थिए।
तीन साताअघिमात्रै उनको मृत्युदण्ड रोक्न गरिएको याचना खारेज गरिएको थियो। त्यसपछि लगत्तै उनलाई पूणेको यारवादा जेल पठाइएको थियो। त्यहीँ उनलाई मृत्युदण्ड दिइएको हो।

गृहमन्त्री सुशील सिन्धेले भने, 'अजमल केशवलाई बिहान ७:३० बजे झुन्ड्याइयो। राष्ट्रपति प्रणव मुखर्जीले उनको मृत्युदण्ड रोक्न परेको निवेदन अस्विकार गरेको दुई सातामा नै मृत्युदण्ड दिइएको हो।' दुई दिनअघिमात्रै गृहमन्त्री सिन्धेले उनको मृत्युदण्ड दिने निर्णयमा मिति तय गरी हस्ताक्षर गरेका थिए।
महाराष्ट्र सरकारले नोभेम्बर ८ अथवा २१ मा झुन्ड्याउने तय गरेअनुसार आज बिहान निर्णय लागू गरिएको हो।

प्रकाशित: ५ मंसिर २०६९ २३:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App