८ वैशाख २०८१ शनिबार
प्रवास

अमेरिकामा अनुभव साट्दै नेपाली मुलका व्यवसायी

अमेरिका- अमेरिकालाई कर्मथलो बनाएर विभिन्न व्यापारमा संलग्न नेपाली व्यापारीहरुले सफलता र संभावनाहरुका बारेमा एकै थलोमा जम्मा भएर आफ्नो अनुभव आदन प्रदान गरे। नेपलिज् अमेरिकन चेम्वर अफ कमर्सद्धारा आयोजित चौथो चेम्बर डिनर नाम दिइएको कार्यक्रममा विभिन्न क्षेत्रका सफल व्यवसायीहरुले आआफ्नो सफलता र बजार चुनौतिहरुका बारेमा अनुभव आदनप्रदान गरे।

प्रमुख वक्ताका रुपमा आमन्त्रित भारतीय मुलका अमेरिकन विलिनियर व्यापारी एसवी ईन्टरनेसनलका प्रमुख सतिस गुप्ताले अमेरिकामा गरेको संघर्षले पाएको सफलताको बारेमा जानकारी दिए। उनले हाल उत्तर अमेरिकामा ग्यास ड्रिलिडको काममा प्रयोग हुने ४० प्रशित उपकरण आफ्नो कम्पनीबाट उत्पादन हुने र विभिन्न क्षेत्रका गरिएको लगानीका बारेमा अनुभवमाथी अन्तक्रिया गरे। विओक फाईनान्सियल कर्पोरेसनकी जोना लेसीले सन्चारको क्षमता र प्रयोगको बारेमा आर्कषक प्रस्तुति दिएकी थिइन।

कार्यक्रममा चेम्बर अध्यक्ष मनोज सिग्देलले अमेरिकामा व्यापारको क्षेत्रमा रहेका अवसरका बारेमा छलफल गर्ने, स्थानीय व्यापारीहरुको समस्याहरुको अनुभव आदन प्रदान गर्ने अन्तर्क्रिया गरिएको बताए। बजारमा आएका नयाँ अवसरको बारेमा नियमित अन्तर्क्रिया गर्ने र विज्ञहरुलाई बोलाई छलफल गर्नुका साथै संभावनाको खोजी गर्ने, र स्थानीय सरकारसंग नीतिगत विषयमा छलफल गर्ने गरेको उनले बताए। अध्यक्ष सिग्देलले संस्थाले नेपाली व्यापारीलाई लक्षित बजारको अवस्था, चुनौति र संभावनाका विविध पक्षबारे जानकारी दिए।

महासचिव बाल जोशीले संस्थाको स्थापनाको चार बर्षमा यसले उल्लेख्य उपलब्धिहरु हासिल गरेको बताउँदै उनले व्यापारमा स्थापित र व्यापारमा आउन चाहानेहरुका लागि अवसर र संभावनाको खोजी गर्ने विश्वासिलो थलो बन्दै गएको बताए। हरेक महिनाको एक पटक गरिने चेम्बर मिक्स नामक कार्यक्रम गर्दै स्थानीय व्यापारीहरुको समस्यामाथी अन्तक्रिया गर्ने र फरक क्षेत्रका विज्ञहरुबाट दिइर्दै आएको प्रवचन निकै प्रभावकारी भएको महासचिव जोशीले नागरिक न्युजलाई बताए।

कार्यक्रममा सिटि बैंकका सिनियर उपाध्यक्ष विनय अर्याल, एभरेष्ट फेडरल क्रेडिट युनियनका सिईओ विराज रिजाल, चेम्बरका पूर्व अध्यक्ष बासुदेव भण्डारी, नेपाली समाज टेक्सासका अध्यक्ष सुमन थापा लगायतले नेपाली व्यापारीक क्षेत्रमा भएका संभावना र चुनौतिको विषयमा अन्तरक्रियात्मक छलफलमा भाग लिएका थिए। अमेरिकामा रहेका ख्याति कमाएका स्थापित व्यवसायीहरुको प्यानल छलफलमा साक्षत्कार गर्दै कानुन, ईमिग्रेसन, ट्राभल, सुचना प्रविधिलगायत विषयमा पनि छलफल भएको थियो। अमेरिकामा व्यवसायिक क्षेत्रमा बाहुल्यता बढाउँदै गएको भारतीय व्यापारिक घरानासंग नेपाली व्यासायीहरुले सम्बन्ध बढाउँदै लगानी र व्यापार साझेदारी गर्दै आएको छ। अमेरिकामा कार्यक्षेत्र बनाएका दर्जनौ नेपाली व्यापारीहरुले पछिल्लो समय नेपाल र अन्य देशहरुमा लगानी गर्न थालेका छन्। 

प्रकाशित: ८ आश्विन २०७५ ०८:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App