१२ माघ २०८१ शनिबार
image/svg+xml
प्रवास

सभामुखसँग अध्यक्ष केसीको भेट, संसदबाट एनआरएनका माग सम्बोधन गर्न पहल

गैरआवासीय नेपाली संघका अध्यक्ष डा.बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग भेट गरेको छ।

मंगलबार राति भएको भेटमा संघका अध्यक्ष डा केसीले आगामी हिउँदे अधिवेशनमा गैरआवासीय नेपालीका लागि संविधानले सुनिश्चित गरेको सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकार कार्यान्वयनका लागि सरकारका तर्फबाट पेस हुन लागेको भनिएका विभिन्न विधेयकलाई प्राथमिकतामा राखी अघि बढाउन अनुरोध गरेका थिए। 

अध्यक्ष डा केसीले भने, ‘संविधानतः गैरआवासीय नेपालीलाई दिइएको अधिकार कार्यान्वयनसँग सम्बन्धित दर्जन बढी विधेयक संसदमा पेस गर्न लागेको आश्वासन सरकारबाट पाएका छौँ, तिनलाई प्राथमिकतामा दिनुपर्यो ताकी हामीले संविधानले दिएको अधिकार उपभोग गर्ने मार्ग प्रशस्त होस्।ʼ

उक्त अवसरमा सभामुखले गैरआवासीय नेपाली संघले उठाएका विभिन्न विषयहरूका बारेमा जानकारी लिई सकारात्मक रूपमा सहजीकरण तथा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

सो अवसरमा अध्यक्ष केसीले संघको आगामी अक्टोबर ११ देखि १४ मा आयोजना हुने अन्तर्राष्ट्रिय महाधिवेशन तथा निर्वाचनका बारेमा समेत जानकारी गराए।

भेटमा महिला उपाध्यक्ष रोजिना प्रधान राई, उपमहासचिव सोमनाथ सापकोटा, सहकोषाध्यक्ष कृष्णप्रसाद तिमल्सेना, एसिया प्रशान्त क्षेत्रका संयोजक हरि भट्टराई तथा सचिवालयका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत सहभागी थिए।

प्रकाशित: ९ माघ २०८१ १३:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App