केही दिन यता कपिलवस्तुको मायादेवी र शुुद्धोधन गाउपालिकामा फैलिएको धार्मिक द्वन्द्वप्रति चिन्ता ब्यक्त गर्दै धार्मिक सदभाव कायम गराउन पलह गर्ने सामुहिक प्रतिबद्धता ब्यक्त गरिएको छ ।
सोमबार अज्ञात मान्छेले शद्धोधन गाउँपालिकाको बासखोर स्थित मस्जिदमा रहेको मिनारको चन्द्रमा तोडफोड गरी त्यहा भगवा लगाइएको थियो । त्यस्तै केही दिन पहिलो मायादेवीको पकडीमा गाईको टाउको र खुट्टा फालिएको अवस्थामा भेटिएको थियो । यी दुई घटनापछि यो क्षेत्रमा विरोध भएको थियो ।
धार्मिक द्वन्द्व फैलिने खतरा बढेपछि प्रशासन कार्यालयले तौलिहवामा राखेको सर्वपक्षीय र सर्वदलीय बैठमा सहभागीहरुले धार्मिक सदभाव कायम गर्न सबैले पहल गर्ने प्रतिबद्धता जनाएका हुन् ।
बैठकमा जिल्ला सुरक्षा समितिको प्रमुख, पूर्व सांसद अतहर कमाल जिल्ला समन्वय प्रमुख बावुराम आाचार्य मायादेवी गाउँपालिका अध्यक्ष बलिद्दिन मुसलमान, शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी लगायतका सहभागिता थियो ।
बैठकमा धार्मिक द्वेश फैलाउने र सदभाव खलबलाउने खालका क्रियाकलाप गर्नेहरुमा कडा कारबाहीको माग गरिएको थियो ।
सदभावकालागि जिल्ला र पालिकास्तरमा सदभाव र्याली निकाल्ने निर्णय भएको छ ।
प्रकाशित: २३ पुस २०८२ १४:३९ बुधबार





