८ वैशाख २०८१ शनिबार
प्रवास

स्वीडेनबाट मैनालीको साङ्गीतिक प्रश्नः यो देश बनाउने जिम्मा कसको हो?

शशि ढकाल 

कोपनहेगन— एकपछि अर्को गर्दै विदेशमा बस्ने नेपालीले देशप्रति समर्पित गीतको रचना, प्रस्तुति र निर्माण गर्ने क्रम बढ्दै गइरहेको छ। त्यसैकै निरन्तरतामा एउटा राष्ट्रप्रति समर्पित गीतको रचना तथा निर्माण गरेर स्विडेन निवासी डाक्टर ब्रिजेश मैनालीले युट्युबमार्फत् आफ्नो गीत सार्बजनिक गरेका छन्।

देश बनाउन सबै नेपाली एकजुट भएर लाग्नुपर्ने सन्देश पनि गीतले दिएको छ।

यो देश बनाउने जिम्मा कसको हो ?' शीर्षकमा म्युजिक भिडियो सार्वजनिक गरिएको हो। नेपालको समसामयिक अवस्था झल्काउने उक्त गीत डाक्टर मैनालीद्वारा रचित तथा दिपक शर्माद्वारा संगितबद्ध छ। गीतमा प्रताप लामा र सहिमा श्रेष्ठले स्वर दिएका छन्।

निलद्वारा निर्देशित तथा छायाङ्कन गरिएको उक्त म्युजिक भिडियोको सम्पादन दिप शर्माले गरेका हुन्। देशको अस्थिर राजनीति, समस्या अनि जनमानसका प्रश्न तथा

देश बनाउन सबै नेपाली एकजुट भएर लाग्नुपर्ने सन्देश पनि गीतले दिएको छ।

म्युजिक भिडियोमा धनी र गरीबबीचको असमानता, सहमतीको नाममा हुने निष्कर्षबिहीन कोठे बैठकहरु अनि आमजनताले भोग्नुपरेका समस्या, नेपालसँग सम्बन्धित आर्थिक तथा सामाजिक यथार्थलाई निर्देशक निलले सशक्त ढंगले म्युजिक भिडियोमा उतारेका छन्। असहमति बाबजुद सबै एकैठाउँमा उभिएर देश विकासमा लाग्न सकिन्छ भन्ने सकारात्मक सन्देश दिन खोजिएको छ। 

मनोज थापा, दिप शर्मा, रितेश श्रीवास्तव, शिवकुमार चम्लागाई लगायतका करिब २० जना कलाकारले म्युजिक भिडियोमा अभिनय गरेका छन्। गीतबाट प्राप्त हुने रोयल्टी बिपन्न बालबालिकाको शिक्षाका लागि खर्चिने गीतकार तथा निर्माता डा. मैनालीले बताए।

भिडियो

प्रकाशित: ९ फाल्गुन २०७३ ०४:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App