coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रवास

साउदी अरेबिया जनसम्पर्क समितिमा नयाँ कार्यसमिति

काठमाडौं— नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान संविधान कार्यान्वयन नभए मुलुक अझ बढी अस्थिर हुने धारणा व्यक्त गरेका छन्। नेपाली जनसम्पर्क समिति साउदी अरेबियाको पहिलो अधिवेशनलाई रियादमा आइतबार सम्बोधन गर्दै पौडेलले संविधान कार्यान्वयनका लागि दलहरु एउटै कित्तामा उभिनुको विकल्प नभएको दाबी गरे।

जनसम्पर्क समितिको अधिवेशनले दीपक रग्ेमीको अध्यक्ष तथा सुरेशराज रेग्मी महासचिव रहेको २१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ।

संविधान संशोधन प्रस्तावमा अवाश्यक बखेडा झिकेर एमालेले वर्तमान राजनीतिलाई असहज बनाइरहेको आरोप नेता पौडेलल लगाए।

जनसम्पर्क समितिको अधिवेशनले दीपक रग्ेमीको अध्यक्ष तथा सुरेशराज रेग्मी महासचिव रहेको २१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ।

रियादस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पौडेलले वैदेशिक रोजगारको क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्न छुट्टै वैदेशिक रोजगार मन्त्रालय गठन गर्नुपर्ने धारणा राखे।

श्रम मन्त्रालय एक्लैले वैदेशिक रोजगारको भार थेग्न नसक्ने भन्दै उनले खाडी मुलुक सहित अन्य राष्ट्रहरुमा रहेका झण्डै ४० लाख श्रमिकहरुको समस्या समाधान गर्ने गरी छुट्टै वैदेशिक रोजगार मन्त्रालय गठन गर्नुपर्ने औंल्याए।

यसका लागि आफूले पार्टी केन्द्रीय समिति बैठकमा सशक्त आवाज नेता पौडेलको भनाइ थियो। कार्यक्रममा कार्यवाहक नेपाली राजदूत आनन्द शर्माले दूतावासका अप्ठ्याराका विषयमा नेता पौडेललाई जानकारी गराएका थिए।

साउदी अरेयिबापछि नेता पौडेलले युएई र बहराइनमा हुने जन सम्पर्क समितिका कार्यक्रमहरुलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ।

प्रकाशित: १० माघ २०७३ ०७:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App