१५ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रवास

बेलायतमा सम्झिए पृथ्वी

लन्डन- बेलायतस्थित नेपाली समुदायले २९५ औं पृथ्वी जयन्ती मनाएका छन्। राष्ट्रवादी संगठन बेलायतको आयोजनामा बुधवार लन्डनमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सम्झनामा पृथ्वी जयन्ती मनाइएको हो।

वाटफोर्ड रोडस्थित हिमालयन क्लवको सभाहलमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले पृथ्वीनारायण शाहको दिव्य उपदेशलाई राजनीतिक दलहरुले उपहास गर्दा नेपालको राष्ट्रिय एकतामा नै आँच आएको अभिव्यक्ति दिए । उनीहरुले शाहका उपदेशहरु अहिले पनि उत्तिकै सान्दर्भिक रहेको तर्क गरे ।

समाजसेवी डा. राघवप्रसाद धितालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपस्थित साहित्यकारहरुले मुक्तक र कवितामार्फत् पृथ्वीनारायण शाहलाई सम्झिएका थिए । कार्यक्रममा पूर्व प्रहरी उपरीक्षकद्वय शिवजी श्रेष्ठ, बाचश्पति रेग्मी, खगेन्द्र नेपाली, ध्रुब केसी, कृष्णजङ्ग शाह, प्राध्यापक रमेश अधिकारी, विकलचन्द्र आचार्य, चिरन्जीवी ढकाल, कृष्ण भट्ट, बसन्त शाह, हरि थापालगायतले पृथ्वी जयन्तीको सन्र्दभिकता बारे चर्चा गरेका थिए।

कार्यक्रममा साहित्यका नृपेश उप्रेतीले पृथ्वी नारायण शाहलाई यसरी मुक्तक मार्फत सम्झना गरे।

नारायण अधिकारीले सञ्चालन गरेको उक्त कार्यक्रमको सभापतित्व संगठनका अध्यक्ष भरत रोका क्षेत्रीले गरेका थिए । कार्यक्रममा नृपेश उप्रेती, हेमन्त पौडेल, चेतमान केसी, हरिसिहं थापालगायतले कविता र मुक्तकमार्फत पृथ्वीनारायण शाहको स्मरण गरे।

 

प्रकाशित: २९ पुस २०७३ ०८:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App