coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

नेपाली सम्मेलनमा ओबामाका सल्लाहकार

होमप्रसाद लम्साल

न्यूयोर्क— युनाइटेड नेप्लिज एसोसिएसनले आयोजना गरेको प्रथम नेपलीज् अमेरिकन सम्मेलनमा अमेरिकी राष्ट्रपति बाराक ओबामका दक्षिण एशिया हेर्ने सल्लाहकार समिति सदस्य सञ्जिता प्रधान सहभागी भएकी छिन्। जुलाई २ देखि ४ सम्म लसएन्जेलसमा भएको सम्मेलनमा नेपालबाट कांग्रेस नेता विश्वप्रकाश शर्मा, अर्थविद डा.स्वर्णिम वाग्ले, प्रहरीका चर्चित अफिसर सर्वेन्द्र खनाल सहभागी थिए।

अमेरिका रहेका युवा तथा दोस्रो पुस्ताका नेपाली अमेरिकनहरुलाई नेपाली कला संस्कृति र नेपालका विविध विषयमा जानकारी दिनुका साथ अमेरिकाको मुलधारमा समाहित गर्ने हिसावले सम्मेलन सञ्चालन गरिएको युनाइटेड नेप्लिज एसोसिएसनका संस्थापक अध्यक्ष पासा लामाले बताए।

उद्घाटन कार्यक्रममा नेपालबाट आएका नेता विश्व प्रकास शर्मा, अर्थविद् डा.स्वर्णिम वाग्ले, वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनाल, र सञ्चिता प्रधानसँग सहभागीहरुले नेपाल तथा अमेरिकाका विषयसमा प्रत्यक्ष अनुभव आदन प्रदान गरेका थिए। सहभागी वक्ताहरुले नेपाल र नेपालीका अमेरिकामा सम्भावना र चुनौतिका बारेमा मन्तव्य राखेका थिए।

तीन दिनसम्म चलेको सम्मेलनमा खेलकुदमा फुटबल, भलिबल, क्रिकेट, बास्केटबल, टेबुल टेनिस, सकर, गल्फलगायतका प्रतियोगितात्मक खेलहरुमा नेपालीहरुको उत्साहजनक सहभागीता रहेको आयोजक युनाइटेड नेप्लिज एसोसिएसनका संस्थापक अध्यक्ष पासांग लामाले बताए। जसमा जित्ने खेलाडीहरुले १५ सयदेखि ५ हजार डलरसम्मको आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन्।

खेलमा अमेरिकाका विभिन्न राज्यहरुबाट सहभागीता रहेको थियो । सम्मेलन अबधिभर बिशेष साँस्कृतिक कार्यक्रमहरु, नेपालका हास्यकलाकार सन्दिप क्षेत्री, स्थानीय कलाकारहरु, नायिका प्रियंका कार्की, फिरोज स्याङ्गदेन, दिवस गुरुङ , गायक बिपुल क्षेत्री तथा टोलिले सांगीतिक प्रस्तुति गरेको थियो।

कार्यक्रमको मुख्य आकर्षण भनेको प्रथम नेपलीज अमेरिकन सम्मेलनमा पहिलो पटक नेपाली संस्कार झल्कीने भेषभुषा प्रदर्शन पनि गरिएको थियो । आगामी नेपलिज् अमेरिकन सम्मेलन २०१७ मा टेक्सासको डालसमा र २०१८ मा न्युयोर्कमा हुने पनि आयोजक लामाले बताए।

कार्यक्रममा गैरआवासिय नेपाली संघ अमेरिका क्षेत्रका संयोजक सोनाम लामा, सहसंयोजक एसी शेर्पा, एनआरएन पर्यटन प्रर्वद्धन समितिका सहसंयोजक पासाड लामा, गौरी जोशी र समिर महर्जनलगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । बर्षको एक पटक गरिने यस्ताखाले रचनात्मक खेलकुद, साँस्कृतिक क्रियाकलापले नेपाली समुदायमा एक आपसमा घुलमिल, सहकार्यको भावना, सामाजिक सम्बन्ध कÞायम हुने भएकोले कार्यक्रम गर्न लागिएको लामाले बताए।
 

प्रकाशित: २४ असार २०७३ १२:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App