८ वैशाख २०८१ शनिबार
प्रवास

एएनएको ३३ औं सम्मेलन एटलान्टामा शुरु

एएनए अधिवेशन उद्‌घाटन गर्दै अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की

होमप्रसाद लम्साल

न्यूयोर्क— अमेरिकामा रहेका नेपालीको सबैभन्दा पुरानो संस्था एएनएको भएको ३३औँ अधिवेशनमा जर्जिया राज्यको एटलान्टामा शुरु भएको छ। कार्यक्रममा नेपालबाट कांग्रेसका नेता गगन थापा र एमालेका रविन्द्र अधिकारीको सहभागिता रहेको छ।

नेता थापाले देश विकासका लागि १० वर्षपछि के गर्ने भनी अहिलेदेखि नै हामीले योजना बनाएर अगाडि बढ्नुपर्ने बताएका छन्। उनले प्रवासमा रहेका नेपाली चाहे अमेरिका, युरोप, अस्ट्रेलिया जहाँ भए पनि सबैलाई देश विकासका लागि साझेदार बनाउँदै लैजानुपर्ने विचार राखे। त्यसैगरी एमालेका नेता रवीन्द्र अधिकारीले एकपटक भोट हालेर चुप लागि बस्नेभन्दा सदैव जागरुक नागरिक आजको आवश्यकता छ भन्दै देश विकासको अभियानमा सबैलाई जागरुक हुन अनुरोध गरे।

युवा नेता अधिकारीले नेपालको विकासका लागि योजनावद्ध विकास बनाएर देश विदेशमा भएका सबैलाई विकासको अभियानमा समाहित पार्दै लैजानुपर्ने आजको आवश्यकता रहेको बताए।
कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुन कार्कीले नेपालमा भूकम्प गएको समयमा नेपालीले पुर्‍याएको सहयोगको स्मरण गराउँदै सहयोग गर्न सकिने अन्य क्षेत्रको समेत पहिचान गरी अघि बढ्नुपर्ने बताए। कार्यक्रममा अमेरिकामा बस्ने ठूलो संख्याका नेपालीहरुको उपस्थिति रहेको छ।

आजबाट सुरु भएको तीनसम्म चल्ने सम्मेलनमा विभिन्न साँस्कृतिक र खेलकुद कार्यक्रमसमेत रहेका छन्।

प्रकाशित: १९ असार २०७३ ०५:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App