१५ आश्विन २०७७ बिहीबार
ब्लग

अनि उनले ठमेल छोडे...

ठमेल कथा–३

पर्यटनकर्मी चित्र बहादुर गुरुङ।

ठमेल आज सुनसान छ। विगतमा फागुनदेखि जेठसम्म र असोजदेखि मंसिरसम्म त्यहाँ पुग्दा युरोपको झल्को मेटिन्थ्यो। त्यहाँ संसारभरका पर्यटक भेटिन्थे। उनीहरू आफ्नै मस्तीमा हुन्थे। कोही रेष्टुराँमा चियर्स गरिरहेका हुन्थे भने कोही होटलमा आराम।  

त्यसैगरी कोही क्युरियो पसलमा मोलतोल गरिरहेका हुन्थे। कोही रिक्सा चढेर गल्लीगल्ली हुँदै वसन्तपुर दरबार क्षेत्र पुग्थे। सडकमा पाइला नाप्नेहरूको भीड पनि उत्तिकै हुन्थ्यो। 

विदेशीहरूको खाना, आवास, किनमेल र मनोरञ्जन केन्द्रका रूपमा काठमाडौंको ठमेल विकसित भएको छ। हिप्पी युगमा ठमेलको पर्यटन सुरु भएको थियो। समयसँगै धेरैको सपना मजलजल ग-यो ठमेलले।     

पर्यटकीय सिजनमा त्यहाँका गल्लीमा हिँड्दा परैबाट नाकले हर्र खानाको बास्ना सुँग्थ्यो। किनकि त्यहाँ नेपाली, भारतीय, चिनियाँ र कन्टिनेन्टल परिकार पाक्ने दर्जनौं रेष्टुराँ छन्।  

विशेषतः विदेशीहरूको खाना, आवास, किनमेल र मनोरञ्जन केन्द्रका रूपमा काठमाडौंको ठमेल विकसित भएको छ। हिप्पी युगमा ठमेलको पर्यटन सुरु भएको थियो। समयसँगै धेरैको सपना मलजल ग-यो ठमेलले।  

पर्यटकको मात्र होइन, नेपाली पर्यटन मजदूर र व्यवसायीको जमघटस्थल समेत हो ठमेल तर आज कोरोना महामारीले ठमेल चकमन्न छ। अहिले काठमाडौंमा निषेधाज्ञा छ। त्यसैले ठमेल पनि बन्द छ।  

आम्दानीको बाटो ठप्प भएसँगै पर्यटनकर्मीहरू तनावमा बाँचेका छन्। मजदूरहरूलाई बिहानबेलुकीको छाक टार्न मुस्किल भैसक्यो। सिजनमा कमाएर अफ सिजनमा समेत परिवार पाल्नुपर्ने बाध्यता भएका उनीहरूले काम नपाएको आधा वर्ष हुन लाग्यो।  

व्यवसायमा लगानी गरेर रोजगारी सृजना गरिरहेका व्यवसायी पनि ठूलो मारमा परेका छन्। उनीहरू ओरालो लागेको व्यवसायमा कसरी टिकिराख्ने भन्ने चिन्तामा छन्। विशेषतः होटल र रेष्टुराँ चलाउनेहरू ठूलो मर्कामा परेका छन्।    

पर्यटक कहिले आउलान् अहिल्यै भन्न सकिन्न। संसारभर सबै जनाले कोरोनाविरुद्ध खोप लगाइसकेपछि संभवत सन् २०२३ देखि पर्यटकीय चहलपहल सुरु हुनेछ। त्यतिन्जेल थेगिन समस्या पर्नेछ। त्यसैले धेरै व्यवसायीले ठमेल छाडिसके।  

धमाधम ठमेलका सटर र कोठा खाली हुँदै छन्। कति घरबेटीहरू मनकारी भएकाले उनीहरूले पचास प्रतिशतसम्म भाडा घटाइदिए। कतिको मन भने ढुंगाभन्दा कठोर रहेछ, तिनले भाडा घटाउने शब्द सुन्नै चाहेका छैनन्।   

 कति व्यवसायीले आफ्ना सामान डेरामा सारेका छन् भने काठमाडौंमा घर हुनेहरूले निवासलाई नै कार्यालयमा रूपान्तरण गरिसके। यस्तै एकजना पर्यटनकर्मी हुन्–चित्र बहादुर गुरुङ।  

‘पर्यटनको भविष्य नै अन्यौलमा परेका बेला भाडा तिरेर ठमेलमै बसिरहनु बुद्धिमानी होइन भनेर आफ्नै घरमा कार्यालय सारें’, अगुवा पर्यटनकर्मी चित्र बहादुर गुरुङ भन्छन्, ‘अनलाइन सम्पर्कका आधारमा पर्यटक आउने हुन्। जहाँ बसेर काम गरे पनि फरक पर्दैन।’  

उनले साउन १ गतेदेखि ठमेल छाडिदिए। सत्ताइस वर्षसम्म ठमेलमा कार्यालय  खोलेर पर्यटन गतिविधि चलाएका गुरुङले यतिबेला आफ्नै घरको भुइँतलालाई कार्यालय बनाएका छन्। काठमाडौंकै टोखा रोडमा छ उनको घर।  

ठमेलमा उनले कार्यालय राखेको घरमा दुइटा ट्राभल एजेन्सी र एउटा टे«किङ कम्पनीका कार्यालय थिए। उनका घरबेटीले पुरानो भैसकेको घर भत्काएर नयाँ बनाउने भनेर खाली गरिदिन आग्रह गरे।  

‘ठमेलमा पहिलाभन्दा सस्तोमा कोठा पाइने संभावना थियो’, गुरुङले भने, ‘पर्यटनको भविष्य नै अन्यौलमा परेका बेला भाडा तिरेर ठमेलमै बसिरहनु बुद्धिमानी होइन भनेर आफ्नै घरमा सरें।’  

आजको डिजिटल युगमा अनलाइनमार्फत विदेशीसँग सम्पर्क हुन्छ। त्यही सम्पर्कका आधारमा पाहुना आउने न हुन्। त्यसका लागि कार्यालय जुनसुकै कुनामा राख्दा पनि फरक पर्दैन।  

उनले आफ्ना कर्मचारीलाई बिदा दिए। ती गाउँ फर्किसके। फेरि पर्यटक आउने वातावरण बनेपछि उनीहरूलाई उनले निम्तो गर्नेछन्।  

उनी एभरग्रिन टुर्स इन्टरनेशनलमार्फत विशेषतः नेदरल्याण्डका पर्यटकलाई नेपाल  घुमाउँथे। उनले जन्मथलो कास्कीको लुम्लेमा ‘कल्सी इको लज’ पनि चलाउँदै आएका छन्।  

पहिलो लकडाउनदेखि नै त्यो लज पनि बन्द छ। अस्ति लकडाउन खुलेका बेला नेपालीहरूको राम्रो ‘इन्क्वायरी’ आएको थियो। विदेशी पर्यटक आउनुअघि नेपाली पर्यटकको चहलपहल हुने उनले आशा गरेका छन्।  

‘अब हामी आन्तरिक पर्यटनमा जोड दिन्छौं’, गुरुङले सुनाए, निषेधाज्ञा खुलेपछि लुम्ले गएर तयारी गर्नेछौं।’

केही दिन भयो उनी ठमेल नगएको। साथीहरूको जमघट, त्यहाँको कफी, जुस र वियर मिस गरिराख्छन्।  

वैकल्पिक आम्दानीको मेलो पैट्याउन खोज्दै छन् उनी। ‘आउँदो जनवरीदेखि साहुजी र साहुनी डटकममार्फत हामी पुरुष र महिलाले प्रयोग गर्ने सामान अनलाइन डेलिभरी दिने योजनामा छौं’, उनले भने, ‘अहिले हामी मार्केट अध्ययन गरिरहेका छौं।’  

यस्तो दिन आउला भन्ने उनले मात्र होइन, कसैले कल्पना गरेका थिएनन्। त्यसैले वैकल्पिक आम्दानीको मेलो पैट्याउन खोज्दै छन् उनी। साथीहरूसँग मिलेर अनलाइन व्यापार गर्ने तयारी गर्दैछन्।  

‘आउँदो जनवरीदेखि साहुजी र साहुनी डटकममार्फत हामी पुरुष र महिलाले प्रयोग गर्ने सामान अनलाइन डेलिभरी दिने योजनामा छौं’, उनले भने, ‘अहिले हामी मार्केट अध्ययन गर्दै छौं।’  

विकल्प त सबैले सोच्नुपर्छ। गाउँघरमा फर्केर खेतीपाती गरेमा सामान्य गुजारा चल्न सक्छ। तर भोलिका लागि दक्ष जनशक्ति पलायन हुने खतरा बढ्छ। यसमा सरकार र सरोकारवाला गम्भीर बन्नुपर्ने उनको सुझाव छ।  

बाहिरी देशका सरकारहरूले आफ्ना नागरिकलाई बचाउन विभिन्न राहतका प्याकेज ल्याएका छन्। हाम्रो देशको सरकारमा बसेकाहरू भने आफ्नो कुर्सी जोगाउने ध्याउन्नमा मात्र छन्।  

अनायासै आएको कोरोना महामारीले धेरैलाई मनोरोगी बनाइसक्यो। हाम्रो सरकारले ठूला व्यवसायीलाई झिनो राहत दिन पाँच प्रतिशत व्याज दरमा पुर्नकर्जा दिने व्यवस्था मिलाएको छ। तर, साना व्यापारी र मजदूर भने मारमा छन्। मजदूरहरूले न काम पाएका छन् न कुनै राहत।

‘सरकारले मजदूरका लागि सोच्नुप-यो’, तीन दशकभन्दा लामो समयदेखि पर्यटनमा समर्पित गुरुङ भन्छन्, ‘हामी व्यवसायीका लागि पनि राज्यले कर र व्याज मिनाहा गर्नुप-यो। किस्ताको भाका सारिदिनु प-यो।’

‘हामीले सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने गर्नुपर्छ’, गुरुङले भने, ‘धेरै समय लकडाउन भैरह्यो भने सबैजना मानसिक रोगी बन्नेछन्।’  

फर्केर हेर्दा आफ्नै जीवन एउटा कथाजस्तै लाग्छ उनलाई। उनी विनायोजना पर्यटन क्षेत्रमा प्रवेश गरेका थिए। लुम्लेमा जन्मेहुर्केका उनी स्नातक पढ्न काठमाडौं झरेका। तिनताका उनका काका सी.बी घोताने शाही नेपाल वायुसेवा निगमका प्रबन्धक थिए। तिनले उनलाई ‘पोखरा ट्राभल्स’मा काम लगाइदिए।  

त्यतिबेला चल्तीको ट्राभल कम्पनी थियो पोखरा ट्राभल्स। उनले सन् १९८७ देखि तीन वर्ष त्यहाँ काम गरे। त्यसपछि साँढे दुई वर्ष यती ट्राभल्समा जागिर खाए। पर्याप्त अनुभव बटुलेर सन् १९९३ मा आफैं कम्पनी खोले।  

कम्पनी खोलेदेखि उनले ठमेलमै कार्यालय राखे। सुरुसुरुमा टिकेटिङका काम गरे। मुलुकमा इन्टरनेट सुलभ हुन थालेपछि मात्र टुर तथा ट्रेकिङ प्याकेज चलाउन थाले।  

यो पनि पढ्नुहोस्

सय रुपैयाँ बोकेर काठमाडौं !

पर्यटन क्षेत्रमा भलाद्मी व्यक्तिको पहिचान बनाएका गुरुङ विगतमा गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालको अध्यक्ष पनि भए। उनकै कार्यकालमा भिटोफले आफ्नो पहिचान बनायो। उनको कार्याकालभन्दा अगाडि भिटोफले वर्षका एकदुई वटा मात्र कार्यक्रम गथ्र्यो। उनको कार्यकालमा भिटोफले गतिविधि बढाएको थियो।

सामाजिक कामले मनमा प्रसन्नता छाउँछ। उनले विद्यार्थी, अभिभावक र शिक्षकहरूको अनुहारमा खुसी ल्याउने काम पनि गरेका छन्।

उनी आर्थिक रूपमा सबल भैसके। यद्यपि आम्दानीको बाटो ठप्प हुँदा समयले उनलाई मितव्ययी बनाएको छ। उनको परिवारले खर्च कटौती गरेको छ। उनी श्रीमती द्रौपदी र छोरा विधानसँग बस्छन्। छोरी अनुषा अमेरिकामा छिन्।

परिवारका साथमा काठमाडौंको बौद्धनाथमा। 

सामाजिक कामले मनमा प्रसन्नता छाउँछ। उनले विद्यार्थी, अभिभावक र शिक्षकहरूको अनुहारमा खुसी ल्याउने काम पनि गरेका छन्।

बेलाबेलामा डच नागरिक, वाइल्ड गान्जेन र ग्लोबल एक्सप्लोरेसन नामक संस्थाहरूमार्फत नेपालका विभिन्न विद्यालयमा सहयोग पु-याउँछन्। विशेषतः विद्यालयको भौतिक संरचना विकास र शिक्षकविद्यार्थीको क्षमता विकास गर्न सहयोग जुटाउँछन्।  

उनीहरूको सहयोगमा कतै विद्यालय भवन बनाइएको छ। कतै खेल मैदान बनेको छ। कतै कम्युटर र जेनेरेटर व्यवस्था गरिएको छ। त्यसैगरी भवनका छाना मर्मत, सोलार जडान र गोरटा सुधारका काम पनि गरिएका छन्।    

हालसम्म जन्मथलो लुम्लेको तान्चोक माझगाउँ प्रावि, दुलेगौंडा (तनहुँ)को लेक्सदचल निमावि, सौराहाको बच्छ्यौली मावि, लुम्लेकै संगम मावि, हेम्जा (पोखरा)को माउन्ट कैलास निमावि, सेरा (नुवाकोट)को पन्चकन्या अन्नपुर्ण प्रावि, वेत्रावतिको उत्तरागया मावि, बौद्ध (काठमाडौ)को क्षिरिङ आर्ट स्कुल, गोदावरी (ललितपुर)को सेन्ट जेभियर्स मावि, गोरखाको चन्द्रकला निमावि, काभ्रेको काभ्रे बहिरा विद्यालय, चापागाउँ (ललितपुर)को एससिआरसी विद्यालय लगायतमा सहयोग गरेको गुरुङले जानकारी दिए।  

त्यस्तै उनीहरूले बारपाक आमा समूहलाई घोडेटो बनाउन आर्थिक सहयोग गरेका थिए। 

सहयोगको सिलसिला जारी रहनेछ।    

दिनदिनै कोरोनाको संक्रमण बढ्दैछ। लकडाउनले सबै क्षेत्र प्रभावित छ। अर्थतन्त्र नाजुक भैसक्यो। लकडाउन मात्र समाधान होइन, सरकारले वैकल्पिक उपाय पनि सोच्नुपर्छ भन्ने जनमत बलियो बन्दै गएको छ। मुलुकलाई कहिलेसम्म लकडाउनमा राख्ने? कोरोना खोप नआएसम्म लकडाउन वा निषेधाज्ञा जारी राख्ने हो भने हामी कहाँ पुग्नेछौं?  

यो पनि पढ्नुहोस्

काठमाडौंमा तीन दिनको खर्च दुई रुपैयाँ ! 

हामीले सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने गर्नुपर्छ’, गुरुङले भने, ‘धेरै समय लकडाउन भैरह्यो भने सबैजना मानसिक रोगी बन्नेछन्।’  

अन्त्यमा, चित्रबहादुर गुरुङ जस्ता पर्यटनकर्मीले धमाधम ठमेल छोड्दैछन्। यो क्रम कहाँ पुगेर टुंगिने हो, अहिलै भन्न सकिन्न। यस विषयमा सरोकारवालाहरू गम्भीर बन्नुपर्छ।  

ठमेलबाट आफ्नै निवासमा कार्यालय सारेपछि। 

प्रकाशित: १७ भाद्र २०७७ १७:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App