७ वैशाख २०८१ शुक्रबार
ब्लग

बिमा बेकारकै खर्च हो त ?

नेपाली समाजमा अझै पनि बिमाको साक्षरता कम छ, जसले गर्दा यसबारे केही भ्रम पाइन्छ। बिमासम्बन्धीउचित ज्ञान नहुँदा यस क्षेत्रप्रति नै नकारात्मक धारणाबनेको पाइन्छ। यसै सन्र्दभमा यहाँ त्यस्ता केही भ्रमहरू चिर्ने प्रयास गरिन्छ।

प्रसंग १

अहिले विश्वभर महामारीकारूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को नेपालमा पनि असर परिरहेको छ। सोही कारण नेपालका निर्जीवन बिमा कम्पनीले पनि यो महामारीसम्बन्धी बिमा पनि गर्न थालेका छन्। कुराकानीका क्रममा एकजना उच्च शिक्षा हासिल गरेका दाजुले कोरोना लागेन भने त ५ सय रुपैयाँ फोकटमा जान्छ भने। उनले थपे,‘पैसा धेरै भएर किनेका होलान् नि, पैसा भएका बुद्धि नभएकाहरू। यति थोरै रकम तिर्नुपर्ने बिमामा त मानिसको सोच यस्तो छ भने धेरै तिर्नुपर्नेमाझन् कस्तो होला ! बिमा धेरै आम्दानी हुने व्यक्तिले मात्रै गर्ने हो त भन्ने प्रश्न पनि उब्जिन्छ।  

प्रसंग २

सबै नागरिकको स्वास्थ्यमा पहुँच पु¥याउन सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम यस पंक्तिकारको गाउँमा पनि लागू भएको छ। सोही क्रममा एकजना काकालाई स्वास्थ्य बिमा नवीकरण गर्न गरिएको अनुरोधमा उहाँले दिएको जवाफ मननीय छ। उहाँ भन्दै हुनुहुन्थ्यो, ‘अघिल्लो साल २५ सय रुपैयाँ परिवारमा कोही पनि बिरामी नभएकाले फोकटमा गयो। अहिले पनि बिरामी नपरे त्यत्तिकै जान्छपैसा, त्यसैले म त बिमा गर्दिनँ।’ प्रश्न उठ्छ– बिरामी परिन्छ भन्ने पूर्वसूचना वा ग्यारेन्टी भएपछि मात्र बिमा गर्ने हो त ?

बिमा गर्नु भनेको आफ्नो र समाज दुवैको हितका लागि हो। बिमाले बिमितको सम्भावित आकस्मिक वा अनपेक्षित रूपमा हुने क्षतिको पूर्ति गरी आर्थिक रूपमा पुनस्र्थापित गर्दै अनावश्यक डर/चिन्ता कम गर्न मद्दत गर्छ।

प्रसंग ३

एकजना व्यापारीलाई एक बिमा एजेन्टले उनको व्यावसायिक भवन र गोदामको बिमा गर्न अनुरोध गर्दै यसको फाइदाबारेबुझाउन खोज्दा ती व्यापारी कुरै नसुनीभनिरहेका थिए,‘फोकटमा पैसा किन फाल्नु ? त्यो बिमा गरेर मेरो गोदाममा केही भएन भने त मेरो पैसा खेर हुन्छ। यहाँ केही हुँदैन। जे पर्छ, त्यही टर्छ। यसैउसै भगवान् भरोसा त हो। भगवान्ले चाहे भने हुने कुरा नभई छाड्दैन।’ प्रश्न उठ्छ– बिमा नाफाका लागि मात्र हो त ? निर्जीवन बिमा गर्नेहरूसबै फाइदाका लागिआफ्नो क्षति होस् भन्ने चाहन्छन ?

प्रसंग ४

यस पंक्तिकारले स्कुटर किनेपछि फूल इन्सुरेन्स गरेको कुरा थाहा पाएपछि समाजमा लब्ध प्रतिष्ठित भनेर कहलिएकै केही महानुभावलेभने, ‘फोकटमा पैसा खर्च गर्यौ‍। थर्ड पार्टी इन्सुरेन्स गरेको भए ट्राफिकबाट बचिहालिन्थ्यो, फूल इन्सुरेन्स किन गरिरहेको होला !’यहाँ प्रश्न उठ्छ– बिमा, कानुन पालनाका लागि मात्रै हो त?

माथिका प्रसंगकेवल प्रतिनिधि घटना मात्रै हुन्। यसबाट के देखिन्छ भने सर्वप्रथम बिमा भनेको के हो ? यसले कसरी काम गर्छ ? यसका फाइदा के–के हुन् भन्ने बुझ्न जरुरी छ। जसबारे तल चर्चा गरिएको छ।  

बिमा भनेको दुई पक्षबीच हुने करार (कन्ट्र्याक्ट) सम्झौता हो, जसमा एक पक्ष (बिमित) ले निश्चित रकम (प्रिमियम) अर्को पक्ष (बिमक) लाई तिर्छ, जसबापत बिमकले बिमितको भविष्यमा (तोकिएको समयभित्र) आकस्मिक÷अनपेक्षितरूपमा हुन सक्ने आर्थिक क्षतिको पूर्ति दिने प्रतिबद्धता व्यक्त गर्छ। उदाहरणका लागितपाईंले बाइकको फुल इन्सुरेन्स गर्नुभएको छ भने प्रिमियम तिर्नुपर्नेछ भने १वर्षभित्र बाइक हराएमा बिमा कम्पनीले बाइकको ह्रासकट्टी गरी आवश्यक प्रक्रिया पु¥याईबाँकी रकम बिमितलाई दिन्छ।  

अब कुरा गरौं, इन्सुरेन्सले कसरी काम गर्छ त ? मूलतः इन्सुरेन्स कम्पनीले ‘पुलिङ’सिद्धान्तमा काम गर्छ। पुलिङ भनेको थोरैले सिर्जना गरेको क्षति ठूलो समूहमा फैलाउनु हो वा ठूलो समूहबाट त्यो क्षति उठाउनु हो। जसले गर्दा यो प्रकियामा वास्तविक क्षतिलाई औसत क्षतिले प्रतिस्थापन गर्छ। त्यसैले बिमा कम्पनी सञ्चालनका लागि धेरै जनाको बिमा गर्नुपर्छ वा धेरै बिमा बेच्नुपर्छ। उदाहरणका लागि एउटा गाउँमा हजारवटा घरछन् र  सबै घरको मूल्य समान ३ लाख रुपैयाँ छ।गाउँमा सबैले घरको बिमा गरेका छन्। मानौं,त्यो गाउँमा वर्षमा एउटा घरमा आगलागी हुन्छ। यस्तो अवस्थामा त्यो गाउँमा एउटा घरधनीलाई अधिकतम आर्थिक क्षति ३ लाख हुन्छ। तर पुलिङले गर्दा उक्त क्षति अरूमा पनि बाँड्दा ती घरधनीलाई ३०० (३,००,०००÷१००० ¥ ३००) मात्र पर्नेछ। यसरी एक व्यक्ति, परिवार वा व्यवसायीलाई मात्र पर्न सक्ने आर्थिक क्षति इन्सुरेन्सका माध्यमबाट कम बनाउन सकिन्छ। उदाहरणमा ती घरधनीले घरको बिमा नगरेका भए एक्लैले ३ लाख रुपैयाँ बराबरको क्षति बेहोर्नुपथ्र्याे।

हाम्रो समाजमा प्रचलित एउटालाई पर्दा सबैले सहयोग गर्नुपर्छ भन्ने अवधारणाको विकसित रूप नै बिमा हो भन्ने कुरा माथिको उदाहरणबाट पनि प्रस्ट हुन्छ। अहिले पनि हाम्रो समाजमा कसैको क्षति भयो भने सबैजना मिलेर राहत प्रदान गर्ने गरीन्छ। माथिको उदाहरणमा घर क्षति नभएका ९ सय ९९ घरका धनीले आफूले तिरेको प्रिमियम त्यत्तिकै खेर गयो भन्ने हिसाबले नबुझी अहिले मजस्तै अर्को कसैको क्षति भयो र मैलेसहयोग गरें,भोलिका दिनमा मलाई पनि त्यस्तै विपत्ति परिहाले उनीहरूबाट सहयोग हुन्छ भन्ने सोच्न जरुरी छ। यति मात्र होइन, बिमाका अरू पनि फाइदाछन्।

बिमा गर्नाले कुनै पनि व्यक्ति वा संस्थालाई आर्थिक क्षति भएमाबिमा कम्पनीले बेहोर्ने भएकाले ठूलो क्षति हुँदा पनि लगभग पहिलेकै अवस्थामा छिटैफर्किन सकिन्छ। यसले गर्दा परिवारले पुरानै जीवनस्तरमा बाँच्न पाउने अवस्था बन्छ। यसअतिरिक्त कम्पनीमा आबद्ध  सयौं कर्मचारीको रोजीरोटी पनि रक्षा गर्छ। यसर्थ न्यून आयहुनेले झन् बिमा गर्न जरुरी छ, किनकि उनीहरूको आम्दानीका स्रोत सीमित हुन्छ र क्षति भएका खण्डमा पहिलेकै  अवस्थामा फर्किन कठिन हुन्छ। यहाँनेर विचार गर्नुपर्ने कुरा के छ भने बिमा कम्पनीले  जानीजानी हुने क्षति र लापर्बाही नहोस् भनेर धेरैजसो अवस्थामा १०० प्रतिशत क्षति बेहोर्दैन र अनुसन्धान क्रममाजानाजान क्षति गराइएको भन्ने खुल्न आएमा भुक्तानी नैनगर्न पनि सक्छ। बिमाले बिमितको डर÷चिन्ताकम गर्छ। आकस्मिक क्षति भइहाले के गर्ने भन्ने चिन्ता छाडेर उनीहरू आफ्नो काममा दत्तचित्त भएर लाग्न सक्नेछन्।  

बिमा खरिद गर्दा बिमितको ऋण लिने क्षमता बढ्छ। पर्याप्त मात्रामा बिमा गरेको धितो छ भने बैंक तथा वित्तीय संस्थाले जोखिम कम महसुस गरी धेरै ऋण दिन्छन्। जसले गर्दा व्यवसाय विस्तारमा सहयोग पुग्छ। उदाहरणका लागि बंैकले बिमा नगरिएको घरधितो राखेमाऋण नदिन पनि सक्छ भने बिमा गरेको घरधितो राख्दा जोखिम कम हुने हँुदा सजिलै ऋण दिन्छन्। नेपालको सन्र्दभमा पनि घर धितो राखी ऋण लिँदा घरको बिमा अनिवार्य गरिएको छ।  

बिमा गर्दा पालना गर्नुपर्ने केही सर्तका कारण सम्भावित दुर्घटना पनि कम गर्छ। किनकि बिमाको सर्त पालना गर्ने क्रममा पहिले हेक्का नराखिएका कतिपय कुरामा सुधार गर्नुपर्ने हुनसक्छ। उदाहरणका लागिकुनै उद्योगले अग्नि बिमा खरिद गर्दैछ भने त्यहाँ आगलागी नियन्त्रणका लागि आवश्यक औजार÷ उपकरण व्यवस्था गरी केही कर्मचारीलाई तालिम दिनुपर्ने हुन्छ। जसले गर्दा आगलागी हुने जोखिम नै घट्नेछ भने आगलागी भइहालेपनि क्षति कम गर्न मद्दत हुनेछ।  

बिमा गर्दा सम्रग समाज र राष्ट्रलाईनै ठूलो मात्रामा स्रोत जुट्नेछ। बिमा कम्पनीले ससानो मात्रामा छरिएर रहेका पुँजीलाई प्रिमियमकारूपमा संकलन गर्छ। यस्तो रकम पहिले नै जम्मा गरिने र क्षति भएपछि मात्रै दिने र निरन्तर चलिरहने प्रकिया भएकाले ठूलो पूर्वाधारमा लगानीगरी रोजगारी वृद्धि गर्दै आर्थिक तथा सामाजिक विकास गर्न सकिनेछ।  

यति हुँदाहुँदै पनि बिमा दाबी भुक्तानीमा हुने ढिलाइलाईझन्झटिलो प्रक्रियाका रूपमा लिने सोचले पनि समस्या पारेको छ। बिमितलाई बिमा दाबी गर्दा अपनाउनुपर्ने प्रक्रियाबारे पूरा ज्ञान नहुनु र केही बिमा कम्पनीले बिमा भुक्तानीमा गर्ने ढिलाइले पनि निर्जीवन बिमाप्रति रुचि बढ्न नसकेको देखिन्छ। त्यसैले बिमा कम्पनीले आफ्नो बिमा भुक्तानीप्रक्रिया चुस्तदुरुस्त बनाउँदै बिमितलाई यसबारे बिमा गर्ने बेलामैसम्पूर्ण जानकारी दिन जरुरी छ।

अन्त्यमा, बिमा गर्नु भनेको आफ्नो र समाज दुवैको हितका लागि हो। बिमाले बिमितको सम्भावित आकस्मिक वा अनपेक्षित रूपमा हुने क्षतिको पूर्ति गरी आर्थिक रूपमा पुनस्र्थापित गर्दै अनावश्यक डर÷चिन्ता कमगर्न मद्दत गर्छ। बिमाले दुर्घटना न्यूनीकरणमा सहयोग गर्दै धितोको जोखिम वहन गरी बिमितको ऋण लिने क्षमता बढाउँछ। साथै समाज र राष्ट्रमा लगानीको स्रोत जुटाई आर्थिक एवं सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्छ। त्यसैले क्षति नभएका खण्डमा बिमाको प्रिमियम फोकटमा गरेको खर्च होइन र चर्चित उखानजस्तो ‘आए आँप, गए झटारो’ नभई आँप नै झार्ने प्रक्रिया हो।  

 

प्रकाशित: १४ जेष्ठ २०७७ ०८:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App