धेरै माया दिए पनि थोरै हुने रै’छ!
धेरै माया दिए पनि थोरै हुने रैछ, नजोखिने नभरिने माया यस्तै रैछ। तिम्रो मनमुटुभित्र ठाउँ नभाको बेला, अमृत जस्तो माया पनि जहर हुँदोरैछ।

धेरै माया दिए पनि थोरै हुने रैछ, नजोखिने नभरिने माया यस्तै रैछ। तिम्रो मनमुटुभित्र ठाउँ नभाको बेला, अमृत जस्तो माया पनि जहर हुँदोरैछ।
कार्यक्रममा प्रधानमन्त्रीज्यूले आफ्नो सम्बोधनको क्रममा देश र जनताको हित हुने धेरै कुरा सुनाउनुभयो। आफ्ना कार्यकर्ताहरूको हौसला बढाउनुभयो।
मेरो तनाव। उसको तनाव। उहाँको तनाव। हजुरको तनाव। सबको तनाव। तनावै तनाव जताततै तनाव। सर्वव्यापी छ तनाव। तर सबको तनाव फरकफरक।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समययता बारम्बार संकटपूर्ण परिस्थितिको सामना गर्नुपर्ने सम्भावित अवस्थाप्रति सचेत गराउने सन्देश दिनुभएको सुनियो।
आफ्नो जीवन कति वर्ष लामो हुन्छ भन्ने कसैलाई थाहा हुँदैन। तर पनि निर्धक्क बाँचिरहेका हुन्छौँ हामी सामान्य अवस्थामा। सामान्य दिनचर्या चलिरहेकै हुन्छ। एउटा कुरा,जीवन कसरी जिउने भन्ने जानेका मानिस दीर्घायु हुन्छन्। जुन हामीले देखेकै कुरा हो।
पीडा हुँदा आमा, खुसी हुँदा आमा, अचम्मित हुँदा आमा। जुनसुकै अवस्थामा पनि अनायासै जसको मुखबाट पनि निस्कने शब्द हो-आमा। आमा बन्नु संसारकै सबैभन्दा ठूलो सौभाग्य हो।
भर्खर मिर्मिरे हुँदै छ। पूर्वमा लाली चढ्दै गरेको देखिन्छ। उज्यालो जमिनमा झरिसकेको छैन। सगरमाथा आधार शिविरको अन्तिम बस्ती गोरक्क्षेप अँध्यारोमा कतै हराएको छ।
कुराको गेडो छोडाएरै भन्नुपर्दा उहिले भिसी उपाधि र तक्मा पाउन सात समुद्र पार फिरिंगी सेनामा भर्ती हुनुपथ्र्यो।
प्राकृतिक उचाइमा मन रमाउन पाउनुको गहिराइ कति हो कति। त्यहाँ थियो– हेर्नुको मज्जा, देख्नुको स्वर्ग अलङ्कृत।
कोषकी प्रमुख क्रिस्टपलिना जोर्जिभाले विश्वका सरकारलाई सामाजिक सुरक्षा सञ्जाल निर्माण गर्न र एआईको प्रभावलाई सम्बोधन गर्न पुनः प्रशिक्षणका कार्यक्रम सञ्चालनार्थ आग्रह गरेकी छिन्।
पहिलेका एकथरी अर्थशास्त्री भन्थे– सरकार भन्नु जनताका लागि नचाहिँदो बकबासे अभिशाप हो। निर्धा गरिब कामदार किसानसँग आकासे फल देखाएर करपोत उठाउँदै बलियाबांगा ठुलाठालुहरूले बसीबसी मिठोमसिनो बाँडीचुँडी खाने यसको इलम भन्दा हुन्छ।
अहिले समाजमा भइरहेका यावत् विषयमा यो लागु हुन्छ। यद्यपि यहाँ प्रसंग बिरालोको विषयमा छ।
विवाह एक प्राकृतिक प्रक्रिया हो, गर्नुपर्छ तर सही समय र सही व्यक्तिसँग गर्नुपर्छ। यदि सही व्यक्ति तपाईंको जीवनसाथीका रूपमा परेन भने जीवन नर्क बन्न सक्छ।
पितृ भएपछि छोराले दिएको अन्नपानीले तृप्त हुने भएकाले पितृ बनेका आफ्ना बाबु आमा र सम्बन्धितहरूका निमित्त श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ।
त्यतिबेला राधा आफ्नो अन्तिम श्वास फेरिरहेकी थिइन्। उनले कृष्णलाई बाँसुरी बजाउन अनुरोध गरिन् र कृष्णले बासुरीको धुन राधालाई सुनाए। कृष्णको अन्तिम बाँसुरीको धूनसँगै राधा यो संसारबाट विलीन भइन्। त्यस दिनपश्चात् कृष्णले बाँसुरी बजाउन छोडे।
