अदृश्य नियति
जब दिन ढल्छ, तब मेरो दिन प्रारम्भ हुन्। म जाग्नुपर्छ, सकेसम्म महँगा बास्नादार क्रिम, पाउडर, लिप्स्टिक लगाएर म प्रदिप्त हुनुपर्छ।
जब दिन ढल्छ, तब मेरो दिन प्रारम्भ हुन्। म जाग्नुपर्छ, सकेसम्म महँगा बास्नादार क्रिम, पाउडर, लिप्स्टिक लगाएर म प्रदिप्त हुनुपर्छ।
मन्चमाथि मेचमा लहरै राखिएका शहीदहरूको तस्विरमा विशिष्ट व्यक्तिहरूले थप्दै थोपारेका पहेला सयपत्री फूलका मालालाई तस्विरले धान्न नसकेर भुइँतिर खस्दै थियो। त्यसै बेला त्यो अर्धसिल्ली जस्तो मान्छेले सँगै बसेको अर्को मान्छेलाई कोट्याउँदै “समोसा,चिया आदि बाँड्ने बेला भएन। मलाई त भोक लाग्यो । आफूले खाएर एक भाग आमालाई पनि लग्नुपर्छ। फेरि अर्को ठाउमा पनि समोसा बटुल्न जानुपर्छ। घरमा बुढी आमा बिरामी छिन्। खाजा लागिदिनुपर्छ” भन्यो।
हुर्कियौ बढ्यौ अनि पढ्यौ तिमीले धेरैधेरै सपनाहरु बोकेर बुबाआमाको आशीर्वाद र प्यारमा हुर्केता पनि जिन्दगीमा केही गर्नुपर्छ भन्ने सोच –विचारले ओेतप्रोत भएर,जोसजाँगरका साथ अघि बढेने प्रण गर्दै, आफ्ना साथीभाइभन्दा पढाइमा पनि अब्बल थियौ, त्यसैले होला तिमी सफलतामा अरूभन्दा अगाडि थियौ।
उत्तर दिनुपूर्व आँखाबाट अश्रुधारा झरे। बोल्नलाई पनि कठिन भयो तर जवाफ दिनु थियो । मैले भक्कानिएर भने, 'यो अवस्थामा पनि पिर नगरम् र?' उनी अगाडि आए। ढाडस दिँदै भने, 'आफ्नो जीवन धान्ने किसान र कृषि पेशा कहिले जीवित छ र? बरु झन्झट घटाउन तपाइँहरूलाई एकै पटक मेलम्चीले सिध्यायो।'
हात्तीको आवाजले बाँदर तर्सियो। एक रुखबाट अर्को रुखमा बुरुक्क उ्रफ्रिँदा क्यामेरा भुइँमा खस्यो । माउते दाइले हात्तीलाई क्यामेरा खसेको ठाउँतिर लगे क्यामेरा टिपेर निरजलाई दिए । निरजले क्यामेरा पुच्छ्स्यो र जाँच्यो 'धन्य केही भएको रहेनछ।'
उनीहरूले आफूहरूले केही समय अघि नै अलग हुने तय गरेको र अहिले त्यसलाई औपचारिकता दिएको बताएका छन्। उनीहरूका १५ वर्षीय एक छोरा छन्।
‘हैन आधारातसम्म के गरेर बसेकी सुत्नु पर्दैन?’ एक निन्द्रा निदाएर बिउँझिएका श्रीमानले प्रश्न गरे। ‘एउटा विवरण तयार गर्नु छ, भोलि जसरी नि चाहिन्छ भनेका छन् हाकिमले।’ उनले सानो स्वरमा उत्तर दिइन्। ‘यति रातिसम्म केको विवरण बनाइराख्नु, सक्दिन म भनेर फाल्देऊ न त्यही हाकिमको टेबुलमा!’ श्रीमानको जवाफ आयो।
अचल भएर बाँच्न चाहन्न म जमिरहने पानी हैन मभित्र सजीवता छ त्यसैले त सबैको निम्ति बाँचेको छु।अनि मात्र मेरो जीवन सार्थक भएको म महसुस गर्दछु। तिमीले पनि बुझिहेर न म कस्तो छु। व्यवहारको पहिचान गर। म जमिरहने पानी हैन।
बाँझेका जोगी बा, पान्धारेका नारद बा र सिमलबोटेका देवी बा अब यो भौतिक दुनियाँमा छैनन् । यी बाहरूले जीवनमा के गरे ? कति गरे ? दुःख–सुखका उकालीओरालीहरू कति हिंडे ? जीवनका भुक्तमानहरू कति खेपे ? यी सबैको फेहरिस्त त मसँग छैन । तर, एउटा संयोग के भने जन्मथलो खाल्ले गाउँ छोडेर को कता, को कता भई अब भेट हुँदैन कि भनेको बेला यी तीनै जना आदरणीय वृद्ध बाहरूसँग उनीहरू बितेर जानुअघि भेट हुने सुनौलो मौका मिल्यो । उनीहरू लौरो टेक्दै–टेक्दै मेरो घरसम्म आइपुगे । नअघाउने गरी गाउँका बात मारे ।
प्राकृतिक विपत्तीका रुपमा रहेका विभिन्न नामका विपत्तीहरु ठूला र दीर्घकालीन समस्या हैनन्, जसलाई समाधान गर्न सकिन्न, समस्या त ती हुन्, जुन समस्या समाधानका लागि भनी करौडौं खर्च गरी प्रतिवेदन तयार गरिन्छ, समस्यासँगै समाधानको उपाय खोजिन्छ, तर त्यसलाई कार्यान्वयनका लागि एक सिन्का भाँचिदैनन्, त्यो काम गर्नका लागि अवरोध खडा गर्ने अवरोधकहरु नेपालीका लागि सबैभन्दा ठूलो समस्या बनेको छ।
‘छोरी अलि बोल्ड र राम्रो भयो भने फ्याट्ट कस्तो छोराजस्तो छोरी भनेर भन्छौँ तर त्यो लैंगिकहिंसा हो। किनभने यो शब्दले नै छोरा बलिया र राम्रो र छोरीलाई कमजोर भन्ने बुझाउँछ।’
नेपाली आधुनिक कलाको शुभारम्भ सन् १९६० देखि भएको मान्नुपर्छ। यसलाई मान्नुपर्ने आधार भनेको यसवेला देखापरेका परम्पराभन्दा फरक ढंगका नेपाली कलाका शैली र प्रवृत्ति नै हुन्। यस वेला आधुनिक शैली र प्रवृत्तिका कलामार्फत कलाकार देखापरिसकेका थिए। आधुनिक कलाका शैली, प्रवृत्ति वा प्रक्रियाका आधार पश्चिमी कला नै थिए। विशेषगरी सबैजसो कलाकार नेपालबाहिर गई कलाको अध्ययन गरेको हुँदा उनीहरूले पश्चिमी कलाको दर्शन र शैलीबारे यथेष्ट ज्ञान र सीप हासिल गरेका छन्।
मृत्युु या मुक्ति मात्र विकल्प रहेको दीर्घकालीन जनयुद्धको यात्रामा लाखौँ नेपाली उत्पीडित जनता कसरी लामबद्ध हुन सके ? कसरी जनयुुद्धमा पूर्णरूपमा समर्पित भई बलिदानीपूूर्ण संघर्ष गर्न नेपाली समाजका युवा पंक्तिलाई शीर्षस्थ नेतृत्वले प्रेरित गरे ? यी कुरा सोच्दा लाग्छ. यसको नेतृत्व पंक्ति उच्च आदर्श र नैतिकताले भरिएका होलान् !
उफ्, यो माया भन्ने जिनिसमा पनि कति समस्या आउने। किन होला ? आफूले मन पराएकोसँग खुरुक्क विवाह नहुने। उता आभासलाई आनन्द छ। यता मलाई किन यति गाह्रो ? छोरी मान्छेको समयमै विवाह भएन भने गाह्रो हुन्छ रे। त्यसैले होला, बाबाआमाले मेरो विवाहका लागि धेरै नै जोड दिनुभएको। मनभित्र द्वन्द्व चर्किरहेको थियो। एक मनले त आभाससँगको सम्बन्धबारे आमाबाबालाई भन्दिउँजस्तो लागिरहेको थियो, म ऊबिना आफ्नो भविष्यको कल्पना पनि गर्न सक्दिनँ भनेर ।
आफ्नो पराई नचिनाउने रैछ पैसा, सबैमा हेला, प्यारो बनाउने पनि पैसा! जन्मदा , मर्दा, हिँड्दा, बस्दा छोडेर अब त दिसापिसाब गर्न पनि पैसा। कस्तो जादुगरी हो यो पैसाको संसारमा, जे गरे पनि कमाउनुपर्ने नै हो रे पैसा पैसा नभए हुँदैन कहीँ आराम अनि ऐस। कस्तो जादु हो यो पैसाको।
एक दिन उपासिताले राजगृहमा भिक्षा माग्दै गरेका एक चम्किला भिक्षुलाई देखे। भिक्षुको शान्त, उज्ज्वल व्यक्तित्वले उपासिता अत्यन्त प्रभावित भए। अश्वजित नाम गरेका ती भिक्षु बुद्धका प्रथम पाँच शिष्य मध्येका एक थिए। अश्वजितले भिक्षाटनपश्चात् मागेको खाना खाँदै गरेका वेला उपासिताले उनलाई आफूसँगै ल्याएको पानी पेस गरे। भोजनपछि उपासिताले अश्वजितलाई सोधे, ‘तपाईं शान्त र आनन्दित देखिनुहुन्छ। तपाईंको गुरु को हुनुहुन्छ ? उहाँको के शिक्षण छ ?’
साँच्चै गजबको छ मेरो साथी केनिथको बगैंचा! साँच्चै सबैथोक छ उसको त्यो बगैंचामा तर त्यो बगैंचा आनन्द लिंदै हेर्ने केनिथसँग समय छैन। धेरै तलब दिने जागीर भएकाले केनिथले अर्को शहरहरूमा पनि बराबर गइरहनुपर्छ। हप्ता दुई हाप्तामा एक दिन मात्र केनिथ यो घरमा बस्न पाउँछ र त्यो बगैंचाको आनन्द लिन सक्छ।
पछिल्लो तथ्यांक अनुसार देशमा प्रत्येक वर्ष धान रोप्ने खेत घटिरहेको छ। वैदेशिक रोजगार अनि देशमै पनि पेसा, व्यवसायका लागि सहर पस्नुपर्ने बाध्यताका कारण धेरै ठाउँका बारी र टारी बाँझिएका छन्। पाखो जग्गाको संरक्षण नहुँदा वर्षैपिच्छे माटो बगाएर लैजान्छ।
मलाई पनि भन्दै आउँछ कापीकलम देऊ, क ख पढ्छु ,लेख्छु म नि भन्दै मेरो छेउ। मायालाग्दो मुहार उसको सबको हाईहाई, माया गर्छ मलाई पनि मेरो सानो भाइ। तोतेतोते बोल्छ ऊ माया सम्मान सबैलाई, नानी जस्तो आँखाको यो मेरो सानो भाइ।
म अस्तिसम्म त्यस्तो बलवान थिएँ आज मेरो किन र कसरी यस्तो दुर्गति भयो ? आखिर दुनियाँमा सबैभन्दा बलवान् को रहेछ भन्ने उनलाई ज्ञान प्राप्त भयो। देवता, असुर, मनुष्य वास्तवमा कोही बलवान् हुँदो रहेनछ । सबैको एक दिन मेरोजस्तै दुर्गति हुँदो रहेछ । बरु हुँदो रहेछ त समय पो बलवान् । हिजो समय मेरो अनुकूल थियो । म बलवान् थिएँ । मैले जसलाई श्राप दिए पनि जे गरे पनि कोही चुइँक्क बोल्दैनथ्यो । आज समय मेरो प्रतिकूल रहेछ । त्यसैले जावो अम्बरीषलाई तह लगाउन खोज्दा मेरो यस्तो दुर्गति भयो।