नायिका उपासना सिंह ठकुरी चलचित्र ‘सुम्निमा’बाट बाहिरिएकी छिन् । मिलन चाम्सको निर्माण तथा निर्देशनमा तयार भइरहेको चलचित्र छायांकन कै क्रममा रहेका बेला नायिका भने बाहिरिएकी हुन् । अब निर्माण पक्षले अर्की नायिका राखेर काम गर्ने तयारी थालेको छ ।
नायिका उपासनाले केही विषयमा असमझदारी भएपछि सल्लाहमै काम छाडेको उल्लेख गरेकी छन् ।
प्रेमको कथालाई उठाउने यो फिल्ममा कुन्साङ बोमजोम, अनुप विक्रम शाही, अंकित पाख्रिन लामालगायतका कलाकारको अभिनय रहनेछ । फिल्मको छायांकन भने भइरहेको छ।
प्रकाशित: १४ भाद्र २०८२ १४:५९ शनिबार




-600x400.jpg)
