अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेलायत च्याप्टरले 'सुप्रमा - ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार - २०२५' का लागि उत्कृष्ट १० पुस्तकको सूची सार्वजनिक गरेको छ।
पुरस्कार समितिका संयोजक डा. रुपक श्रेष्ठकाे अनुसार प्राप्त भएका पुस्तकमध्येबाट निर्णायक समितिले १० पुस्तक छनाेट गरेकाे हाे। जसअनुसार डा. श्रीधर खनाल उपन्यास सावर्णि, ठाकुर बेलवासेकाे कवितासंग्रह चोटहरूको उत्सव, जीत बुढाथोकी छन्त्यालकाे मुक्तकसंग्रह यानीमाया, लालगोपाल सुवेदीकाे कवितासंग्रह अनि प्रतीत्य समुत्पाद-शुन्य शून्य महाशून्य, सूर्य खड्का विखर्चीकाे खण्डकाव्य अर्जुन-उलूपी, डा. राजकुमार छेत्रीकाे भूमिकासंग्रह अक्षरका आय, सुमन थापा ‘संगम’काे कवितासंग्रह अभ्युदय, सबी श्रेष्ठकाे मुक्तकसंग्रह अपरिभाषित आभा, खगेन्द्र गिरि 'कोपिला' काे नियात्रासंग्रह पर्जन्य मास र विजय हितानकाे कवितासंग्रह मलाई आर्यघाट लगेर नजलाउनू छनाेट गरिएकाे छ।
उपर्युक्त १० मध्ये सर्वोत्कृष्ट कृतिको घोषणा आउँदो अगष्ट ५ तारीख घोषणा गरिने पुरस्कार समितिका संयोजक डा. रुपक श्रेष्ठले जारी गरेकाे प्रेस विज्ञप्तिमा उल्लेख छ। सर्वोत्कृष्ट कृतिका स्रष्टालाई अगस्ट ९ तारीख लण्डनमा हुने भानु तथा ईश्वर जयन्ती कार्यक्रममा पुरस्कृत गरिने भएकाे छ।
प्रकाशित: १७ श्रावण २०८२ १३:०० शनिबार





