२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

‘मिरमिरे’को गीतमा दयाहाङ–प्रकाश–सिर्जनाबीच त्रिकोणात्मक प्रेम

यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘मिरमिरे’ को टाइटल सङ सार्वजनिक गरिएको छ। ‘मिरमिरे भो’ शीर्षकको गीतमा प्रकाश सपूत र मेलिना राईको स्वर रहेको छ भने शब्द तथा संगीत स्वयं प्रकाश सपूतकै हो।

सार्वजनिक गीत युवा–युवतीबीचको आकर्षण र प्रेमभावमा आधारित छ। पहिलो भेटमै उत्पन्न हुने मोह, सुन्दरताबाट मोहित हुने मनोदशा र प्रेमिल अनुभूतिलाई गीतले भावुक शैलीमा प्रस्तुत गरेको छ। युवकको दृष्टिले युवतीमा पारेको प्रभाव र युवतीको सौन्दर्यको बयान गीतका शब्द र धुनमा सुन्न सकिन्छ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु देखिएका छन्। भिडियोले सिर्जनाको सुन्दरतामा मोहित भएका दयाहाङ र प्रकाशबीचको त्रिकोणात्मक प्रेमकथालाई चित्रण गरेको छ। यसले चलचित्रको कथावस्तुमा प्रेमको जटिल सम्बन्ध रहेको संकेत गर्छ, जुन यसअघि सार्वजनिक टिजरमा पनि झल्किएको थियो।

माघ १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको ‘मिरमिरे’को टिजरलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका थिए। टिजरमा बाबा–छोरीबीचको भावनात्मक सम्बन्धसँगै मुख्य तीन पात्रबीचको सम्बन्ध र टकराव प्रस्तुत गरिएको थियो।

चलचित्रमा दयाहाङ राई बुवाको भूमिकामा देखिएका छन् भने उनकी छोरीको पात्र शाइसा गौचनले निभाएकी छन्।

यार्सा फिल्म्सको प्रस्तुतिमा बनेको ‘मिरमिरे’मा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय रहेको छ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको चलचित्रका सह–निर्मातामा गोविन्द बोहरा र सुदीप कुँवर छन्। कार्यकारी निर्माता आरआर फिल्म्सका सञ्चालक तथा वितरक रोहित कट्टेल हुन्।

वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको चलचित्रमा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप आर्टिस्ट र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन्। ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ।

प्रकाशित: ७ पुस २०८२ १७:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App