बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ। खजुरास्थित कपास विकास संस्थानको कार्यालयमा केहीबेर अघिदेखि गणना कार्य थालिएको हो।
कुल १ लाख १७ हजार ३५४ मतदाता रहेको यस क्षेत्रमा ७४ हजार ५ सय ५८ जनाले मतदान गरेका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार सबै मतपेटिका सकलन गरी सर्वदलीय बैठक लगत्तै गणना प्रक्रिया सुरु गरिएको हो।
बाँके-३ मा मुख्य प्रतिस्पर्धामा नेपाली कांग्रेसका अमर सिंह पुन, नेकपा एमालेका सुमन मल्ल र राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार, राष्ट्रिय प्रजातन्त्र पार्टीका तारक सिंह थारु र नेपाली कम्युनिस्ट पार्टीका दिपककुमार गौरी मगरगायत चुनावी मैदानमा छन्।
प्रकाशित: २२ फाल्गुन २०८२ ०१:२२ शुक्रबार





