काठमाडौं क्षेत्र नम्बर-८ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ।
प्राप्त नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुवाती चरणमै फराकिलो अन्तरसहित अग्रता लिएको छ। रास्वपाले १ हजार ७ सय १४ मत प्राप्त गरेको छ।
यो मत निकटतम प्रतिस्पर्धीको तुलनामा निकै बढी हो। दोस्रो स्थानमा नेपाली कांग्रेस देखिए पनि मतान्तर विशाल छ। कांग्रेसले २०७ मत मात्र प्राप्त गरेको छ।
त्यस्तै, ‘तारा’ चुनाव चिह्नमा १५४ मत खसेको छ भने नेकपा एमाले ११५ मतसहित चौथो स्थानमा खुम्चिएको छ। उज्यालो नेपाल पार्टीले भने ४६ मत प्राप्त गरेको छ।
प्रकाशित: २२ फाल्गुन २०८२ ०१:५५ शुक्रबार





