डडेल्धुरामा नेपाली कांग्रेसको गढ भत्काउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भएका छन्।
२०४८ सालयता निरन्तर शेर बहादुर देउवा निर्वाचित हुँदै आएको डडेल्धुरामा देउवा पछिको जनप्रतिनिधि चुनिने सौभाग्य जोशीलाई जुरेको छ।
नेपाली कांग्रेसका नैन सिङ महरलाई ७ हजार मत अन्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन। उनले १९ हजार १३१ मत प्राप्त गरेका छन्।
शेर बहादुर देउवाले चुनाव लड्ने ईच्छा गरेपनी टिकट नपाएपछी महर उम्मेदवार बनेका थिए। अपमान महसुस गरेर असन्तुष्ट रहेका देउवा निर्वाचनमा मतदान गर्न समेत डडेल्धुरा पुगेनन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नैन सिंह महरले १२ हजार १२१ मत प्राप्त गरेका छन्।
यस्तै, नेकपाका मानसिंह मालले ६ हजार ८३४ र नेकपा एमालेका चक्र स्नेहीले ३ हजार ०२६ मत प्राप्त गरेका छन्।
प्रकाशित: २३ फाल्गुन २०८२ १८:०४ शनिबार





