९ पुस २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

‘मनैमा सानुमाया’ को फिमेल भर्सन ‘हाँसीहाँसी लजाउने’ सार्वजनिक

भिजुअल आर्ट्स स्टुडियो र टौवा स्टुडियोको सहकार्यमा निर्माण भएको गीत ‘मनैमा सानुमाया’ को फिमेल भर्सन ‘हाँसीहाँसी लजाउने’ सार्वजनिक भएको छ।

टिकटक लगायत सामाजिक सञ्जालमा अत्याधिक रुचाइएको गीत दर्शक तथा श्रोताको माया र अत्यधिक मागपछि निर्माण टिमले गायिका समीक्षा अधिकारीको स्वरमा नयाँ भर्सन ल्याएको हो।

सार्वजनिक गीतमा समीक्षा अधिकारीको स्वर, एसडी योगीको संगीत र राम अविरल विष्टको शब्द छ। गीतको मूल संस्करण ‘मनैमा सानुमाया’ सार्वजनिक भएपछि यसको "हाँसीहाँसी लजाउने" अंश टिकटकमा भाइरल भएको थियो। यही लोकप्रियता ध्यानमा राख्दै निर्माण पक्षले फिमेल भर्सन बनाउने निर्णय गरेको हो।

यसअघि ‘मनैमा सानुमाया’ को भिडियोमा भुटानी नेपाली समुदायको सांस्कृतिक पृष्ठभूमिमा आधारित प्रेमकथा मार्फत पहिचान, संघर्ष र प्रेमका गहिराे भावनालाई प्रस्तुत गरिएको थियो।

फिमेल भर्सनको ‘हाँसीहाँसी लजाउने’ को भिडियोमा लाेकप्रिय अभिनेत्री मिरुना मगर र दीपक रसाइलीको अभिनय रहेकाे छ।

विवेक रसाइलीको लेखन तथा निर्देशनमा तयार भएको भिडियोमा नेपाली-भुटानी समुदायको सांस्कृतिक परिवेशमा उनीहरूको प्रेम कथा नयाँ दृष्टिकोणबाट प्रस्तुत गरिएको छ।

विजय बस्याल कार्यकारी निर्माता रहेको भिडियोका रेजोन थापा मुख्य सहायक निर्देशक र उज्ज्वल जोशी छायाकार हुन्। गीतको फिमेल भर्सनले पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ र युट्युबमा राम्रो भ्यूज पाइरहेको छ।

प्रकाशित: ६ भाद्र २०८२ १२:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App