२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

निर्वाचनको माहोल बनाउन जनमत र राप्रपाको कार्यालयमा सरकारी टोली (तस्बिरहरू)

आसन्न निर्वाचनको माहोल बनाउन सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीको केन्द्रीय कार्यालयमा पुगेर निरीक्षण तथा छलफल गरेको छ।

बुधबार कानुनमन्त्री अनिलकुमार सिन्हाको नेतृत्वमा रहेको सरकारी टोलीले अवलोकन तथा भेटवार्ता गरेको हो।

सरकारी टोलीमा कानुनमन्त्री सिन्हासहित सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल लगायत सहभागी थिए।

राप्रपा कार्यालय पुगेका सरकारी टोलीलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र जनमतको कार्यलयमा अध्यक्ष सिके राउत सहितका पदाधिकारीले स्वागत गरेका थिए।

भेटका क्रममा निर्वाचनको वातावरण निर्माण, दलहरूको तयारी र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको जनाइएको छ।

सरकारले निर्वाचनको वातावरण सुनिश्चित गर्न भन्दै दलहरूको कार्यालयमै पुगेर अनुगमन एवं अन्तरक्रिया गर्ने नयाँ अभ्यास थालेको हो।

यसअघि मंगलबार मात्रै यो टोलीले प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पुगेर वस्तुस्थिति बुझेको थियो।

सरकारले यसलाई ‘अनुगमन’ भने पनि यसको उद्देश्य राजनीतिक दलहरूलाई निर्वाचनमा होमिन आग्रह गर्ने र विश्वासको वातावरण बनाउने रहेको छ।

 सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक

प्रकाशित: ९ पुस २०८२ १३:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App