२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
प्रवास

बुकारामा एशिया इन्टरनेसनल युनिभर्सिटीमा “नेपाल फेस्टिवल २०२५” सम्पन्न

सांस्कृतिक कार्यक्रम, परम्परागत प्रस्तुती र नेपाली खानाको विशेष प्रदर्शनी

एशिया इन्टरनेसनल युनिभर्सिटी (AIU), बुकारामा आयोजित नेपाल फेस्टिवल २०२५ मा नेपालको सांस्कृतिक विविधता र उज्बेकिस्तानसँगको मैत्रीपूर्ण सम्बन्धलाई उजागर गरिएको छ। कार्यक्रममा नेपाली र उज्बेक अतिथिहरूको उपस्थितिले कार्यक्रमलाई विशेष सम्मान प्रदान गर्यो। कार्यक्रममा नेपालका सांस्कृतिक नृत्य, परम्परागत प्रस्तुती, र नेपाली खानाका स्वादिष्ट परिकारहरू समावेश थिए, जसले उपस्थित दर्शकहरूलाई नेपालको सांस्कृतिक विविधता र परम्परागत जीवनशैलीको राम्रो परिचय दिएको थियो।

नेपालकी पाकिस्तान स्थित राजदूत तथा उज्बेकिस्तानका गैर-निवासी राजदूत रिता धितालको प्रमुख आतिथ्यमा सम्पन्न  कार्यक्रममा  उप-राजदूत पुरुषोत्तम ढुङ्गेल, उज्बेकिस्तानबाट पहिलो पटक नेपाल मार्गबाट सगरमाथा आरोहण गर्ने सर्गेई देनिसेन्को, उज्बेकिस्तानको पर्यटन बोर्डका विशिष्ट प्रतिनिधि, बुकारा मेयर कार्यालयका प्रतिनिधि, र खेलकुद मन्त्रालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपाली परम्परागत नृत्य, सांगीतिक प्रस्तुती, र विभिन्न सांस्कृतिक गतिविधिहरू प्रस्तुत गरियो। साथै, सहभागीहरूले  नेपाली खानाका विशेष परिकारहरूको अनुभव गरिरहेका थिए ।

AIU का प्रशासन, संकाय सदस्य र नेपाली विद्यार्थीहरूले एकत्रित भएर आयोजना गरेको यस उत्सवले नेपाल–उज्बेकिस्तानबीचको जनस्तरमैत्री सम्बन्ध अझ बलियो बनाउने उद्देश्य राखेको एशिया इन्टरनेसनल युनिभर्सिटी (AIU) का डीन डा किशान भण्डारीले बताए । 

कार्यक्रमको समापनमा सबै उपस्थित अतिथिहरूले नेपाल–उज्बेक सम्बन्ध र सांस्कृतिक आदान–प्रदानको महत्वमा जोड दिएका थिए । 

प्रकाशित: ९ पुस २०८२ १३:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App