३ चैत्र २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

फागु पुर्णिमामा ‘हामी तीन भाइ’ को टिजर रिलिज, दाजुभाइको मिलन र खटपट

फागु पुर्णिमाको दिन पारेर फिल्म ‘हामी तीन भाइ’ को टिजर रिलिज गरिएको छ। निर्माण टिमले ओएसआरको युटुब च्यानलमार्फत फिल्मको टिजर रिलिज गरेको हो।

टिजरमा एउटा गाउँका तीन भाइको कथा प्रस्तुत गरिएको छ। विनोद न्यौपाने, कुशल विष्ट र फलित राई एकदमै मिल्नेछन्। उनीहरू खेतबारी गोरुले झैँ आफैँ नारिएर जोतिरहेको देखिन्छन्। मानौ, उनीहरू त्यति धेरै मिल्छन्। सानैमा बुबाआमा बिते पनि उनीहरूको माया ममता भनेको दाजु नै हो।

आमाबुबाको माया नपाएका यी तीन भाइमध्ये एक दाजु विनोदसँग खटपट पर्छ। टिजरले मिलेर बसेका दाजुभाइ विवाहपछिको सम्बन्ध खटपट र संघर्ष प्रस्तुत गर्छ।

नेपाली समाजमा भएको कथालाई निर्देशक मधुसुधन भट्टराईले टपक्कै टिपेका छन्। जहाँ सार्वजनिक भएको टिजरले दर्शकमाझ कौतुहल जगाउँछ। टिजरमा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल विष्ट, फलित राई, राजाराम पौडेल, रविन्द्र झा लगायतलाई देख्न सकिन्छ। हेर्दा कमेडी, मार्मिक कथामा फिल्म बनेको अनुमान लगाउन सकिन्छ। उनीहरूको अभिनय लोभलाग्दो छ।

मधुसूदन भट्टराई निर्देशित यस फिल्ममा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल विष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाई,  शुष्मा निरौला, यादव देवकोटा (सरापे),अन्जु हमाल,तारा शर्मा, पवन केसी, रमा विष्ट, विरेन श्रेष्ठ, शुष्मा जिम्बा,खिन्नबहादुर भण्डारी (भोले), गोविन्दप्रसाद पौडेल,भूमिका गिरी, टेकराज पौडेल, अमृतमान महर्जन लगायतले अभिनय गरेका छन्।

यो फिल्म प्रसिद्धि सिने आर्ट्स् प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्मको निर्मातामा त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ छन्। साथै कार्यकारी निर्माता विक्रम तामाङ छन्। सहनिर्माता भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे विशेष सहयोगी शम्भु कुमार केसी छन्।

साजित महत प्रस्तुतकर्ता रहेको यस फिल्मको पटकथा तथा सम्वाद शिवम् अधिकारीले लेखेका हुन्। शिव ढकालले खिचेको यस फिल्मको सम्पादन बनिश शाहले गरेका छन् भने संगीत साप शक्ति, बाबुल गिरीले भरेका छन्। नृत्य कमल राई, इन्द्रदेव महर्जन पार्श्व संगीत सम्राट थापा ध्वनि मिश्रण मुकेश शाह, रंग संयोजक रेनिश फागोको छ।

फिल्मको मुख्य सहायक निर्देशक रामजी राउत र ज्ञानकुमार कट्टेलले गरेका छन् भने प्रचार साम्रगी आइडियल डिजाइनर्सले तयार पारेको हो। यस फिल्मको सहायक सम्पादन क्यामोदिन मिया, श्रृंगार अशोक रोक्काको छ। फिल्ममा पार्श्व संगीत सम्राट थापाको छ भने द्वन्द्व निर्देशन देव महर्जनले गरेका छन्।

ग्राफिक्स एक्स समिर मिया,कला निर्देशक दिनेश लामा ‘गैंडा’,निर्माण नियन्त्रक सन्देश राई (भान्जा) ले गरेका छन् भने पोस्ट प्रोडक्सनको काम मोसन स्टूडियोले गरेको हो। फिल्मलाई नेशनल सिने ग्रुप प्रालिले वितरण गर्दैछ भने डिजिटल पार्टनर ओएसएआर डिजिटल रहेको छ।

यसअघि यो फिल्मको प्रचारप्रसार सामाग्रीस्वरूप लिरिकल गीत रिलिज भएको थियो। ‘मैले जति दुःख, पीडा, कष्ट पाको भए’ गीतले दर्शकमाझ राम्रै चर्चा पायो। फिल्म आउँदाे चैत १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ। 

प्रकाशित: १९ फाल्गुन २०८२ १०:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App